हजारौंको भीडसामु मेयरको हत्या, विराेधमा देशभरि प्रदर्शन



वार्सा : पोल्यान्डको बन्दरगाह सहर गडाङ्कका मेयरको हत्या भएको छ । परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसको अगाडि धारिलो हतियार प्रहार गरी उनकाे हत्या भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 

'उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,' गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा टोमाज स्टेफनिकले भने । मेयर पावेल अडमोविजको हत्यापछि देशभरि हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्