आमाले घुस खाँदा छोरीसमेत समातिइन् 



काठमाडौं : कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरकी सहायक रजिस्टार गीताकुमारी पन्थी एक लाख रुपैयाँ घुससहित पक्राउ परेकी छन् ।

 

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचना पाएपछि अख्तिायार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको हो । पन्थीले दर्ता रहेको स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजस्व रकम कम गरिदिने बहानामा घुस मागेको अख्तियारले जनाएको छ ।  

 

पन्थीले घुसबापतको रकम लिई छोरीलाई राख्न दिएकी थिइन् । अख्तियारको टाेलीले एक बैंकको पार्किङबाट आमाछोरीलाई नै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्