फिल्म ‘दाल भात तरकारी’को छायांकन सकियो



काठमाडौं : मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बनेको फिल्म ‘दाल भात तरकारी’ को छायांकन सकिएको छ । ५१ दिनसम्म लगातार काम गरेर छायांकन सम्पन्न गरेको केसीले जानकारी दिएका छन् । 

फिल्म ‘दाल भात तरकारी’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बसुन्धरा भुसाल, सन्तोष पन्त, शिवहरि पौडेल, किरण केसी, राजाराम पौडेल, वर्षा राउत, शिशिर वाङ्देन, विल्सनविक्रम राईलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यस फिल्मको आइटम गीतमा प्रियंका कार्कीलाई देख्न सकिनेछ ।

फिल्मलाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका छन् । यस फिल्मको कथा, पटकथा, संवाद तथा गीत हरिवंश आचार्यले लेखेका छन् । फिल्मको छायांकन चितवन र राजधानीका विभिन्न ठाउँमा गरिएको छ ।  

यस फिल्मलाई मित्र डी गुरुङले सम्पादन र दीर्घ गुरुङले खिचेका छन् । त्यस्तै कविराज गहतराजले कोरियोग्राफी समालेका छन् भने प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुराग कुँवर, विल्सनविक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्माता रहेका छन् ।

 

यो फिल्म वैशाख १३ मा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्