धनुषामा आर्थिक वर्षको पहिलो ६ महिनामा १७ करोड भन्दा बढि राजश्व संकलन



जनकपुरधाम : सशस्त्र प्रहरीले चालु आर्थिक वर्ष २०७६-०७७ को पहिलो ६ महिनामा १७ करोड ३१ लाख ६४ हजार ४ सय ६८ रुपैयाँ राजश्व संकलन गरेको छ ।

१३ करोड ८९ लाख १५ हजार ८ सय ५ रुपैयाँ राजश्व संकलन गर्ने अनुमान गरेकोमा लक्ष्य भन्दा बढि राजश्व संकलन भएको पत्रकार सम्मेलनको आयोजना गरि सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाका प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिएका छन् ।

आर्थिक वर्षको साउनमा २ करोड ३२ लाख २ हजार ४ सय ३१, भदौमा ३ करोड ४ लाख ९४ हजार ९ सय ९२, असोजमा ४ करोड २६ लाख ७२ हजार ५ सय २६, कार्तिकमा ३ करोड १२ लाख ८० हजार ९५, मंसिरमा २ करोड ४ लाख ५४ हजार ५ सय २२ र पुषमा २ करोड ५० लाख ५९ हजार ९ सय २ रुपैयाँ राजश्व संकलन भएको उनले बताए ।

त्यस्तै सशस्त्र प्रहरी धनुषाले चालु आर्थिक वर्षको साउनदेखि माघ महिनाको २१ गतेसम्ममा ३ करोड १९ लाख ४४ हजार ७५६ रुपैयाँ बराबरको अवैध सामान समेत बरामद गरेको छ । यस आर्थिक वर्षको ६ महिनामा २ करोड ८१ लाख ९३ हजार ४७६ र माघ महिनाको २१ गते सम्ममा ३७ लाख ५१ हजार २८० रुपैयाँ बराबरको अवैध सामान गरी कुल ३ करोड १९ लाख ४४ हजार ७ सय ५६ रुपैयाँ बराबरको सामान बरामद गरेको बताए ।

सशस्त्रले चालु आर्थिक बर्षको साउन महिनामा ७१ लाख ४१ हजार ३ सय ६०, भदौमा २३ लाख ८१ हजार ५ सय २१, असोजमा ४१ लाख २१ हजार ५ सय ११, कार्तिकमा ७६ लाख ९९ हजार ८ सय ३८, मंसिरमा ४४ लाख १७ हजार ४ सय ४१, पुषमा २४ लाख ३१ हजार ८ सय ५ र माघ महिनाको २१ दिनमा ३७ लाख ५१ हजार २ सय ८० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

त्यस्तै गत आर्थिक वर्ष २०७५-०७६ को ६ महिनामा ८ करोड ६४ लाख २९ हजार १ सय ४७ रुपैयाँ राजश्व संकलन भएको थियो । यस आर्थिक वर्षको ६ महिनाको अवधिमा ५८ किलो २ सय ग्राम चाँदी, १ सय २६ ग्राम सय मिलिग्राम सुन बरामद गरेको छ ।

त्यस्तै बाघको छाला १ थान,लागुऔषध नाइट्रोभेट ट्याब्लेट ५६ थान,स्पास्मो ट्याब्लेट ४६ बट्टा,डाईलेक्स डिसी २२ थान बरामद गरेको छ भने चारपांग्रे सवारी साधन ५ थान,मोटरसाइकल ४७ थान र साइकल १५ थान पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्