काठमाडाैं : कांग्रेस भ्रातृ संगठन नेपाल तरुन दलले दसैंको मुखमा खाद्यान्नलगायत हरेक क्षेत्रमा भएको मूल्यवृद्धि र अनियमिताको विषयलाई लिएर ध्यानाकर्षण गराएको छ ।
उसले नजिकिँदै गरेको चाडपर्वमा नागरिकसँग प्रत्यक्ष जोडिएका दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि रोक्न नसक्नु सरकारको गैरजिम्मेवारीपना भएको आरोप लगाएको छ ।
तरुण दलले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कालोबजारी, दैनिक उपभोग्य वस्तुमा भएको मूल्य वृद्धि हटाउनेलगायत नौबुँदे ज्ञापत्रपत्र प्रस्तुत गरेकोछ ।
तरुण दलले उक्त ज्ञापनपत्र सीडीअाे कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गरी लेखेको छ । ज्ञापनत्रमा भनिएको छ – वर्तमान परिस्थितिमा यो सरकारसँग नेपाल तरुण दल जनतासँग प्रत्यक्ष प्रभाव पार्ने विभिन्न माग जोडदार रुपमा राख्न चाहन्छ ।
नेपाल तरुण दलको ज्ञापनपत्र यस्तो छ