सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, सबै उपसमूहमा हरियाली



काठमाडौं : धितोपत्र बजारमा मंगलबार सेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर एक हजार १ सय ९५ दशमलव ५४ विन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज तीन दशमलव ०६ विन्दुले बढेर २ सय ५३ दशमलव ५५ विन्दुमा पुगेको छ । 

स्टकका अनुसार मंगलबार १ सय ८ कम्पनीका आठ लाख ३५ हजार २३९ कित्ता सेयर ३९ करोड ७३ लाख ५५ हजार ५ सय ४० मा रुपैयाँमा खरिदबिक्री भए । 

स्टकका अनुसार कारोबार भएका ११ उपसमूहकै सेयरमा वृद्धि भएको छ । बैंकिङ पाँच दशमलव ०४, व्यापार दुई दशमलव ८७, होटल छ दशमलव पाँच, विकास बैंक १६ दशमलव ७५, जलविद्युत् ५२ दशमलव ७७ अंकले बढेका छन् ।

 

यस्तै  वित्त शून्य दशमलव ८९, निर्जीवन बिमा २३२ दशमलव ९२, उत्पादन दुई दशमलव ६५, अन्य ११ दशमलव ५५, माइक्रोफाइनान्स ५३ दशमलव ५४ र जीवन बिमा १ सय ९७ विन्दुले वृद्धि भएका छन् । 

बढेको बजारमा नागरिक लगानी कोष, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी, अरुण कोवेली पावर, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, साङ्ग्रिला डेभलपमेन्ट बैंक र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् । 

यस्तै सिद्धार्थ इक्विटी फन्ड, गण्डकी विकास बैंक, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट, गुर्खाज फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी र सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्