विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन अर्को वर्ष



काठमाडौं : विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन अर्को वर्ष हुने भएको छ । पार्टी फुटबारे समीक्षाका लागि बसेको बैठकको निर्णय सार्वजनिक गर्न सोमबार पार्टी मुख्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्को वर्ष फागुनमा पहिलो महाधिवेशन गर्ने जानकारी गराइएको हो । 

महाधिवेशन २०७६ फागुन १५ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने पार्टी प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  

पुस ३० र माघ १ गते बसेको केन्द्रीय समिति बैठकले पार्टी फुटबारे संक्षिप्त र प्रारम्भिक समीक्षा गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

‘पार्टीमा देखा परेका पछिल्ला चुनौतीहरू र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ १२ गते काठमाडौंमा देशभरिका पार्टी प्रतिनिधि सदस्यहरू सहित विवेकशील साझा राष्ट्रिय सन्देश भेलाको आयोजना गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै माघ १३ गते राष्ट्रिय सभागृहमा ‘विवेकशील साझा’ अबको बाटो’ शीर्षकमा सार्वजनिक कार्यक्रमको आयोजना गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्