माघे संक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता



नुवाकोट : नुवाकोटको तारुकामा माघे संक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता भएको छ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगत बहादुर विश्वकर्माले गरे । 

महोत्सवकै रुपमा मनाइने गोरु जुधाउने प्रतियोगितामा स्थानीय किसानहरुले पालेका गोरु जुधाइएको छ । सांसद नारायणप्रसाद खतिवडा, भैरव बहादुर सिंह, प्रदेशसभा सांसद केवश पाण्डेलगायत नेताहरु प्रतियोगिता हेर्न तारुका पुगे । 

प्रतियोगितामा गायक धिरज राई, राधिका हमाल, नवराज घोरासैनी लगायतले प्रस्तुती दिए । यस्तै कार्यक्रममा स्थानीय तामाङ र नेवारी संस्कृति झल्किने झाँकी पनि प्रस्तुत गरिएको थियो । 

प्रतियोगितामा विजयी हुने गोरुधनीलाई पुस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्