नेपाली बालिका भारतमा बेच्ने गिरोहका नाइके पक्राउ



काठमाडौं : प्रहरीले बालिका बेचबिखनमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बालिका बेचबिखनमा संलग्न रहेको आरोपमा धरान नगरपालिका १७ का छोङहाङ राई भन्ने सन्तोष राईलाई पक्राउ गरेको हो ।

 

राईले नेपालबाट बालिकालाई विभिन्न प्रलोभनमा पारी भारतको नयाँदिल्लीको जिबी रोडस्थित वेश्यालयमा पुर्याएर छ लाख रुपैयाँसम्ममा बेच्दै आएको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले राईलाई धरान नगरपालिका १७ स्थित धनकुटे रोडबाट पक्राउ गरेर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाएको छ ।

 

राई चेलीबेटी ओसारपसारका मुख्य नाइके भएको र उनले भारतमा राम्रो काममा लगाइदिन्छु भन्दै बालिकालाई वेश्यालयमा पुर्याई जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्