बबई न्यायिक समितिमा विज्ञ कर्मचारी नहुँदा


दाङ : दाङको बबई गाउँपालिकाको न्यायिक समितिमा यस आर्थिक वर्षमा २३ वटा उजुरी दर्ता भएका छन् ।

न्यायिक समितिका उपाध्यक्ष सावित्रा विकले गत असारदेखि जिम्मेवारी सरेका १४ र साउन महिनादेखि माघ २१ गतेसम्ममा २३ वटा उजुरी गरी जम्मा ३७ उजुरी रहेकामा १६ वटा फछ्र्यौट गरिएको जानकारी दिए ।

अन्य उजुरी प्रक्रियागत रुपमा रहेका छन् । सो गाउँपालिकाका न्यायिक समितिमा आउने धेरै मुद्दामा जग्गा विवाद, बाटोघाटो, घरायसी झै-झगडा, कुलोपानी, खेतीपाती नोक्सानीलगायतका रहेको न्यायिक समितिले जनाएको छ ।

“सामान्य विवाद भए पनि नागरिक न्यायिक समितिमा उजुरी लिएर गाउँपालिका आउँछन्, हामीलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुने गरेको छ, मुद्दा मिलाउनमै व्यस्त रहनपर्छ”, उपाध्यक्ष विकले भने । न्यायिक समितिमा विज्ञ कर्मचारी नहुँदा पनि काम गर्न असजिलो हुने गरेकाले विज्ञ कर्मचारीको व्यवस्थापनका लागि सहयोग गरिदिनहुन सरकारसँग माग गरे ।

“अहिले गाउँपालिकाको भवन भाडाको कोठामा रहेको हुँदा साँघुरो कोठामा बसेर न्याय सम्पादन गरिरहेका छौँ, अब गाउँपालिकाको आफ्नै भवन निर्माण भइरहेको छ केही महिनापछि नयाँ भवनमा छुटै इजलास गराउनेछौँ” उनले भने । आफ्नै भवन भए सेवा प्रवाहमा सहज हुनेछ ।

उनले आफूहरुलाई दिएको भूमिका चुनौतीपूर्ण रहे तापनि अवसरका रुपमा लिएर काम गरिरहेको बताए । शुरुशुरुमा कानूनका बारेमा बुझ्न कठिनाइ नभएको होइन तर कानूनका बारेमा तालिम, प्रशिक्षण लिने अवसर पाएकोले न्यायिक समितिमा बसेर काम गर्न सजिलो भएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : अस्ट्रेलियाका ९ वर्षीय बालकले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् । ९

काठमाडौं : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ।

दोलखा : शिवरात्रिमा बाटो छेकेर पैसा माग्न बसेका बालकको बसले ठक्कर दिँदा मृत्यु भएको छ

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यलयबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आज (शुक्रबार) फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी महाशिवरात्री पर्व

काठमाडौं : आज फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी मनाइँदैछ । आज

काठमाडौं : तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफ्ना गाडी र अंगरक्षक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित