बुटवल यातायात कार्यालय प्रमुख तेजनारायण यादवसहित १० जनाविरुद्व अख्तियारद्वारा मुद्दा 



काठमाडाैं : एकान्त कुना यातायात कार्यालयको प्रमुख रहेर लाइसेन्समा तलमाथि गरेको भन्दै अख्तियारले हाल वुटवल कार्यालयको प्रमुख भएर काम गरिरहेका तेजनारायण यादवसहित १० जनामाथि मुद्दा चलाउने निर्णय गरेको छ ।

 

अख्तियारले यादवमाथि एकान्तकुना यातायातको प्रमुख भएर लाइसेन्स परिक्षामा पास भएकाहरुलाई फेल र फेल भएकाहरुसँग पैसा लिएर पास गराएको आरोप लगाएकाे छ । 

 

उनीहरुमाथि अख्तियारले ध्वनि ऐनको दफा १७ बमोजिम मुद्दा दायर गर्न लागेका हाे ।

 

प्रतिक्रिया दिनुहोस्