कैलाली : दाउफिन्स फुटबल क्लबलाई १–० ले पराजित गर्दै संकटा क्लब अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रङ्गशालामा मङ्गलवार भएको खेलको दोस्रो मिनेटमा संकटाका एलोन म्याक्सवेलले गरेको गोल नै निर्णायक बन्यो ।
दोस्रो हाफको पाँचौँ मिनेटमा दाउफिन्सले खेल बराबरी गर्ने मौका गुमायो । गोलरक्षक पोजिसनमा नहुँदा आर्मेलको क्रसमा जुनियरको हेडरले पोस्टको दिशा लिन सकेन । यसबाहेक पनि दाउफिन्सले पाएका केही मौकालाई सदुपयोग गर्न सकेन ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका कप्तान रवि सिलवाल म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे । संकटाले सेमिफाइनलमा बिहिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यसअघि बुधबार हुने पहिलो सेमीफाइनलमा थ्री स्टार क्लब र मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर खेल्नेछन् ।