दुर्घटनामा बालकको मृत्यु



विराटनगर : मोरङको केराबारी गाउँपालिका–८ मा मङ्गलवार भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ । 

को२र १९३५ नम्बरको भ्यानले बालकलाई ठक्कर दिँदा बालकको मृत्यु भएको हो । दुर्घटनामा केराबारी–८ का ८ वर्षीय बालक समीर भण्डारीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । 

ठक्कर दिएर फरार भएको भ्यान र चालकलाई प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका ५ गछियाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्