संविधान संशोधन नभएसम्म संविधान दिवस मनाउँदैनौं : नेता महतो



नेपालगन्ज : राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मागबाट आफ्नो दल पछि नहट्ने बताएका छन् ।

 

नेपालगन्जमा आज आयोजित बाँके जिल्लास्तरीय कार्यकर्ता भेलामा उनले भने, हाम्रो मागबमोजिम संविधान संशोधन नभएसम्म हामी संविधान दिवस मनाउँदैनौँ । 

 

अर्का नेता अनिल झाले सरकारले करको दर बढाएर संघीयता असफल पार्ने प्रयास गरेको आरोप लगाए ।

भेलामा पार्टी कार्यकर्ता र केन्द्रीय नेताबीच पार्टी संगठन, मुलुकको राजनीति र विकास निर्माणलगायत विषयमा छलफल गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्