कोरोना भाइरसबारे पहिलो सूचना दिने चिनियाँ डाक्टरको यसरी भयो मृत्यु



एजेन्सी : केही दिन यता कोरोना भाइरसको संक्रमणले विश्वभरमा नै आतंक फैलाएको छ । यसको असर विषेशगरी चिनमा परेको छ । यसैक्रममा कोरोना भाइरसको संक्रमण चीनमा फैलिँदै छ भनी सूचना दिने एक जना डाक्टरको निधन भएको छ ।

नेत्ररोग विशेषज्ञ ली वेनलिङ नाम गरेका ती डाक्टरको सोही भाइरसको संक्रमणबाट निधन भएको विश्व स्वाथ्य संगठनले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ती डाक्टरले गत डिसेम्बरमै यो भाइरस देखापरेको र आफू पनि त्यसबाट संक्रमित भएको भनी बताएका थिए । तर उनको यस भनाइलाई लिएर अनावश्यक हल्ला फिजाएर मानिसलाई दिग्भ्रमित पारेको भन्दै चिनीयाँ प्रहरीले उनलाई गिरफ्तार गरको थियो ।

बुहान केन्द्रीय अस्पतालले चिनियाँ सोसल मिडिया प्लेटफर्ममा पनि उनको मृत्युबारे बताएको छ । उनको मृत्युबारे विरोधाभासी रिपोर्टहरु आइरहँदा चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीले पनि यो कुराको पुष्टि गरेपछि उनको निधन बिहीबार राति भएको पुष्टि भएको हो ।

३४ वर्षीय ली को मृत्यको समाचार चीनबाहेक अन्य ठूला अन्तर्राष्ट्रिय मिडियाले कभरेज गरेपछि यो घटनाप्रति संसारभरका मानिसको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया दिनुहोस्