४५ हल गोरु जुधाइयो, जित्नेलाई ६ हार्नेलाई ४ हजार पुरस्कार



नुवाकोट : नुवाकोटमा यो वर्ष ५ स्थानमा गोरु जुधाएर माघेसंक्रान्ति मनाइएको छ । जिल्लाको तारुकाबाट थालनी भएको गोरु जुधाउने परम्परा अहिले जिल्लाको विभिन्न स्थानमा फैलदै गएको छ ।

यो वर्ष ४५ हल गोरु जुधाइएको छ । तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइएको हो । जिल्लाका विभिन्न स्थानमा पहिले पहिले गोरु जुधाउने गरिएकोमा नुवाकोटको तारुकाले व्यवस्थित रुपमा २०६२ सालबाट गाउँभरीका जुरे बहर गोरुहरु एकै थलोमा जुधाउने चलनको शुरु ग¥यो । यहाँको गोरु जुधाई हेर्न हजारौं दर्शक ओइरिएको देखेपछि जिल्लाका अन्यभागमा पनि गोरु जुधाउने परम्परालाई विउताउने काम भएको छ ।

सबैभन्दा धेरै तारकेश्वर–३ तारुकामा २२ हल गोरु जुधाइएको छ । तारुको गोरु जुधाई कार्यक्रमको उद्घाटन गर्न युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा पुगेका थिए । तारुकामा विजेता गोरु धनीलाई रु. ६ हजार र हार्ने गोरुका धनीलाई रु. ४ हजार पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै, २०६७ सालबाट शुरु भएको जिल्लाको बेत्रावतीमा यो वर्ष ८ हल गोरु जुधाइएको छ । यस्तै २०७१ सालबाट शुरु भएको पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा यो वर्ष ८ हल गोरु जुधाइएको छ । यस्तै, यही बर्षबाट गोरु जुधाउन थलिएको लिखु गाउपालिकाको कट्टिछापमा ३ हल गोरु र शिवपुरी गाउँपालिकाको शेरा बगरमा ४ हल गोरु जुधाइएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्