नेपालद्वारा थाइल्यान्डसमक्ष एक सय ७३ रनको लक्ष्य प्रस्तुत



काठमाडौँ : आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोटअन्तर्गत उप क्षेत्रीय प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई एक सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

 

टस हारेपछि ब्याटिङको निम्ता पाएको नेपालले निर्धारित २०  ओभरमा ७ विकेट गुमाएर  एक सय ७२  रन जोड्यो। नेपालको पालीमा दीपेन्द्रसिंह एेरीले ३०,शरद भेषावकरले ३४ र करन केसीले अविजित ४० रन बनाए। ओपनरद्धय विनोद भन्डारी १५ र अनिल शाहले २५ रन बनाए।

 

नेपालले ३३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। १२ ओभरमा दुई विकेट गुमाएर ९९ रन जोडेको नेपाल त्यसपछि केही समय दबाबमा आएको थियो।

प्रतिक्रिया दिनुहोस्