विश्वकै अग्लाे बुद्धकाे मूर्ति चर्कियाे



एजेन्सी– चीनको दक्षिण–पश्चिमस्थित सिचुवान प्रान्तमा रहेको विश्वकै आग्लो बुद्धको मूर्तिको छाती र पेटको भाग चर्किएको छ।

 

मूर्तिको मर्मतका लागि भइरहेको कामका क्रममा मूर्ति चर्किएको भेटिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। मूर्ति के कारणले चर्कियो भनेर अनुसन्धान गर्न ४ महिनाको समय छुट्याइएको छ।

 

सिन्ह्वाले जनाएअनुसार ८ अक्टोवरबाट मूर्ति फुट्नुको कारणका सम्बन्धमा अनुसन्धान हुने बताइएको छ। सो समयमा मूर्तिको प्रमुख हिस्सा पूरै अथवा आंशिक हिसाबमा ढाकिने छ।

 

सांस्कृतिक स्मृति चिन्हका दर्जनौँ विशेषज्ञ सम्मेलित टोलीले मूर्तिको निगरानी गर्नेछ। यसलाई ‘थ्रि डी लेजर’ले ‘स्क्यानिङ’ गरिने छ भने ‘थर्मल इमेजिङ’जस्ता प्रविधिको प्रयोग गरी अध्ययन गरिने छ। यस्तै ‘ड्रोन’को माध्यमबाट हवाई सर्वेक्षणसमेत गरिनेछ।

 

सिचुवानको लेसान शहरको बाहिरी भागमा बनाइएको उक्त मूर्ति ७१ मिटर अग्लो छ।

 

बुद्धको यो मूर्ति बनाउन ९० वर्षभन्दा बढी अवधि लागेको थियो। चीनका ताङ वंशको (सन् ६१८–९०७) शासनकालअन्तर्गत सन् ७१३ मा मूर्तिको निर्माण कार्य सुरु भएको हो। यूनेस्कोले विश्व सम्पदा सूचीमा राखेको यो सम्पदा पहिलो पटक मर्मत हुन लागेको भने होइन।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा.गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष पुगेका र दीर्घ रोगी भएकाहरुलाई अत्यावश्यकबाहेक घरबाहिर

काठमाडौं– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निर्वाचन प्रणालीलाई सुधार गर्न निर्वाचन ऐन परिमार्जनको काम अगाडी बढाउने

काठमाडौं– शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय

काठमाडौं– नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

गुल्मी : इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

काठमाडौँ : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काभ्रे : जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी

काठमाडौं : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा

चितवन : चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले