भारतको नयाँ दिल्लीको अमेरिकी दूतावासभित्रै ५ वर्षीया बालिकामाथि बलात्कार



नयाँदिल्ली : भारतको नयाँ दिल्लीको अमेरिकी दूतावासभित्रै ५ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।

गत शनिबार भारतको नयाँदिल्लीस्थित अमेरिकी दूतावासमा बालिका बलात्कार गर्ने २५ वर्षीय युवकलाई आइतबार पक्राउ गरिएको छ ।

दूतावासकै कर्मचारीको क्वार्टरमा यस्तो घटना भएको रिपोर्टमा छ ।

अनुसन्धान अधिकृत योगेश कुमारका अनुसार प्रारम्भिक स्वास्थ्य जाँचका आधारमा बालिकामाथि बलात्कार भएको पुष्टि भएको छ । बालिकामाथि बलात्कारको दोषी भन्दै अदालतले फैसला गरेमा भारतको कानुन अनुसार ती युवकले मृत्युदण्ड पाउनेछन् ।

अमेरिकी दूतावास भएको स्थान उच्च सुरक्षित क्षेत्रमध्ये एक मानिन्छ । प्राविधिक संयन्त्रसहित दूतावास क्षेत्र सुरक्षित मानिन्छ । भारतमा विभिन्न उपायका बावजुद बलात्कारका घटना कम भएका छैनन् । २०१८ मा मात्रै ३४ हजार बलात्कारका घटना भएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्