यसकारण ऐश्वर्यासँग अभिषेकको विवाह गराउन चाहाँदैन थिए अमिताभ बच्चन



एजेन्सी : बलिउडका महानायक अर्थात अमिताभ बच्चनले बलिउडमा थुप्रै सुपर हिट फिल्ममा काम गरेका छन् । जब कुरा चर्चित कलाकारहरुको आउँछ तब सबैभन्दा पहिले अमिताभ बच्चनको नाम आउँछ ।

उनी भारतमा मात्र नभइ देश बिदेशमा आफ्नो नाम कमाउ सफल अभिनेता हुन् । अमिताभले अभिषेकको बिहेलाई लिएर एउटा खुलासा गरेका थिए । एक समय थियो जब अमिताभ चाहादैनन् थिए अभिषेकको विवाह ऐश्वर्या रायसँग होस् । विवाहको लागि ऐश्वर्या अमिताभको पहिलो छनोटमा पर्दैन थिइन् । उनी ऐश्वर्या नभई कोहि अरुलाई नै आफ्नो बुहारी बनाउन चाहान्थे ।

साथै ऐश्वर्या विवाहभन्दा पहिला अभिषेकको विवाह करिश्मा कपुरसँग निश्चीत भएको थियो । यहाँ सम्म कि करिश्मा र अभिषेकको ‘इन्गेजमेन्ट’ पनि भएको थियो । तर विवाह नभई उनीहरुको सम्बन्ध टुट्यो । यो इन्गेजमेन्ट तोडिएपछि अमितमभले अभिषेकको विवाह रानी मुख़र्जीसँग गर्ने निर्णय गरे तर जयाले यो कुरामा आफ्नो सहमति नदिए पछि रानी बच्चन परिवारको सदस्य बन्न सकिनन् ।

साथै करिश्मासँग विवाह तोडिए पछि दुई परिवारबीच धरै दुरी बढेको थियो । उनीहरुले एक आपसमा कुरा गर्न पनि छोडेका थिए ।

त्यसपश्चात अमिताभले आफ्नो छोराको लागि एउटा शुशिल, र बुद्धिमानी बुहारी रोज्ने क्रममा रानीलाई प्रस्ताव गरेका थिए तर तर यो सम्बन्धको लागि जया मानिनन् । उनका अनुसार रानीकोउचाई अभिषेकसँग नमिल्ने भएकाले उनले रानीलाई अस्विकार गरिन् ।

र अन्त्यमा, अभिषेकलाई ऐश्वर्या मनपर्न थाल्यो र २००७ सालमा दुबैले विवाह गरे । आज उनीहरुलाई बलिउडकै उत्कृष्ठ जोडीको रुपमा लिइन्छ । विवाहको यति धेरै बर्ष वितिसक्दा पनि उनीहरु एकअर्कालाई धेरै माया र सम्मान गर्छन् । उनीहरुको एउटा छोरी पनि छिन् ।

प्रतिक्रिया दिनुहोस्