जटही नाकामा पनि कोरोना भाइरस चेकजाँच सहायता कक्ष स्थापना



जनकपुरधाम : धनुषाको सिमावर्ती क्षेत्रस्थित जटही नाकामा कोरोना भाईरस चेकजाँचका लागि शुक्रबार सहायता कक्षको स्थापना गरिएको छ ।

प्रदेश २ को अधिकांश खुल्ला सिमावर्ती क्षेत्रमा कोरोना भाइरसको निगरानी एवं चेकजाँचका लागि हेल्प डेक्स स्थापना गरिएको नगराईन नगरपालिकाका मेयर परमेश्वर यादवले जानकारी दिए ।

नगराईन नगरपालिका,प्रादेशिक अस्पताल जनकपुर र सशस्त्र प्रहरीको सहयोगमा जटही नाकामा कोरोना भाइरस हेल्प डेस्क सञ्चालनमा ल्याइएको उनले बताए ।

यसअघि प्रदेश नम्बर २ को स्वास्थ्य निर्देशनालयको समन्वयमा महोत्तरीको १३ स्थानमा कोरोना भाइरस चेकजाँचका लागि हेल्प डेक्स स्थापना भइसकेपनि डेस्कमा औषधी नै नरहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्