केटीले केटाको जिउमाथि एसिड खन्याउँने दिन आउँछ : मुख्यमन्त्री राउत



जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पदीय मर्यादाको ख्याल नै नगरी गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन् ।

बिहिबार एक फेसबुक लाईभमा मुख्यमन्त्री राउतले अपराधलाई बढावा दिने खालको अभिव्यक्ति दिएका हुन् ।

मुख्यमन्त्री राउतले आफ्नो पदीय मर्यादा विपरित दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

मुख्यमन्त्री राउतले सो लाईभमा अब केटीले केटाको जिउमाथि एसीड खन्याइदिने अवस्था ल्याउने बताएका थिए । मुख्यमन्त्री राउतले उक्त भिडियोमा भनेका छन् ‘तपाई छोरीको बारेमा सोँच्दै हुनुहुन्छ, मेरो नेतृत्वको सरकार पहिलेदेखि नै छोरीहरुको भविष्यको विषयमा सोचिरहेको छ ।’

उनले मेरो सरकारको समयमा केटाले केटीहरुमाथि एसिड फाल्ने अवस्थाको अन्त्य हुने बताए । केटीहरु अब डराएर होइन बरु केटाहरुको जीउमा एसिड खन्याउने अवस्थाको निर्माण गर्ने सोच रहेको उनले अभिव्यक्ति दिएका छन् ।

मुख्यमन्त्री राउतले पहिलो पटक यस प्रकारको गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएका होइनन् उनले यस अगाडी पनि एक अन्तरवार्ताका क्रममा अपशब्द प्रयोग गरेपछि उनको व्यापक आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्