पृथ्वीनारायण राष्ट्रिय एकीकरणका नायक होइनन् 



पृथ्वीनारायण शाहबारे नेपाली समाजमा थुप्रै विषयमा फरक–फरक कोणबाट छलफल र बहस हुँदै आएका छन् । पछिल्ला केही वर्षमा अलिक तिखो बहस पनि हुने गरेको छ । बहसको केन्द्रमा पहिलो प्रश्न पृथ्वीनारायण शाह नेपालको एकताका प्रतीक हुन सक्छन् कि सक्दैनन् ? भन्ने छ । यो प्रश्न किन जन्मियो भने उनको नेतृत्वमा जुन कामको आरम्भ भयो, त्यो एकीकरण थियो कि थिएन ? भन्नेसँग यो गाँसिएको छ । जसले पृथ्वीनारायण शाहको त्यो अभियान ‘एकीकरण’ थियो भन्छन्, तिनले २७ पुसलाई ‘राष्ट्रिय एकता दिवस’ मान्छन् ।

तर, जसले त्यो ‘एकीकरण’ होइन भन्छन्, तिनले राष्ट्रिय एकता दिवस नमान्न सक्छन् । विगतमा काटमार वा षड्यन्त्र गरेर एउटा देश बनाइसकेपछि इतिहासमा त्यसलाई ‘एकीकरण’ भन्ने चलन आयो । एकीकरण पक्षधरले संसारभर यसरी नै राज्य विस्तार हुने रहेछ भनेर त्यही अवधारणालाई सही ठाने भन्ने एउटा तर्क छ । दोस्रो तर्क के छ भने स–साना राज्य त्यतिवेला अर्थतन्त्रका हिसाबले आत्मनिर्भर हुन सक्ने अवस्थामा थिएनन् र समाजको प्रगतिका निम्ति विशाल अर्थतन्त्रसँग जोडिन त्यसले सहयोग ग¥यो र एकीकरण भयो भनिन्छ । तेस्रो तर्क के छ भने पृथ्वीनारायण शाहले युद्ध गरेर राज्य एकीकरण नगरेको भए हामी अंग्रेजका गुलाम बन्नुपथ्र्यो । त्यसैले पनि यो महान् काम थियो र यसलाई एकीकरण भनिनुपर्छ । मलाई लाग्छ, अहिलेसम्मका बहस यिनै विषयमा केन्द्रित छन् । 

यसलाई अलिक विस्तारमा छलफल गरौँ– संसारभर सामन्तवादी राज्य दमनको प्रक्रियाबाट निर्माण भएका हुन्, त्यसैले त्यो ठीक थियो भन्ने हो भने यो तर्क बेठीक हो । किनभने कुनै पनि कुरा संसारभर भयो भन्दैमा त्यो सही नै हुन्छ भन्ने हुँदैन । यस तर्कलाई आधार मान्ने हो भने संसारभर विश्वयुद्व भयो, के त्यो ठीक थियो ? इतिहासमा धर्मयुद्ध भए, के ती ठीक थिए ? एउटा काल थियो, संसारभर डाँका लाग्थे, के त्यो ठीक थियो ? संसारभर अश्वेत र महिलामाथि दमन, अत्याचार गरियो, गरिँदै छ, के त्यो ठीक थियो ? संसारमा राज्यहरू सल्लाह, बहसबाट पनि एकताबद्ध भएको इतिहास छ । के त्यतातर्फ हामीले आफ्नो बहस केन्द्रित गर्नु पर्दैन ? इस्लाम सभ्यता छलफल, बहसबाटै बनेको हो । त्यसैले बहसबाट राज्य एकताबद्ध हुँदैनन् भन्ने पनि छैन । 

हामीले संसारभर काटमारबाट निर्माण गरिएका राज्यबारे बहस गर्नुपर्छ । यस आधारमा यहाँ पनि काटमार र षड्यन्त्रबाट बनेको राज्यबारे छलफल नगर्ने भन्ने हुँदैन । इतिहासका पुस्तकमा यस्तो वा त्यस्तो छ भनेर हुँदैन । पुस्तकमै ती विषय किन लेखिए ? भन्नेबाट बहसको सुरुवात गर्नुपर्छ । सामन्तवादी इतिहासकारले ‘एकीकरण’ भनेर जुन शब्द र अवधारणा संसारभर ल्याए, त्यो परिभाषा नै गलत छ । त्यसैले नयाँ पुस्ताले त्यसमा औँला ठड्याउनुपर्छ । कुनै वेला भारतमा अलेक्जेन्डरले विजय हासिल गरे । कल्पना गरौँ, अलेक्जेन्डर नहारेका भए र भारत युरोपकै साम्राज्यमुनि रहेको भए, त्यसलाई हामी कुन अर्थमा बुझ्थ्यौँ । यस अर्थमा त हामीले सन् १९४७ को भारतीय स्वतन्त्रता आन्दोलनलाई पनि नमान्नुपर्ने हुन्थ्यो । 

त्यसैको समानान्तर अर्को अवधारणा पनि सल्बलाइरहन्छ । जे–जस्तो प्रक्रियाबाट भए पनि भूभाग जोडिएपछि एकीकरण भन्नुपर्छ भनिन्छ । त्यसो हो भने जंगबहादुरलाई हामीले के भन्ने ? किनभने उनले पनि त बाँकेदेखि कञ्चनपुरसम्मको जमिन फिर्ता गराएका थिए । त्यस आधारमा हामीले उनलाई उप–एकीकरणकर्ता भन्नुपर्ने हुन्छ । यी सबै आफ्नो स्वार्थअनुकूलका व्याख्या र अवधारणा हुन् । इतिहासमा यस्ता अवधारणा कसको स्वार्थमा निर्माण गरिए र कसको स्वार्थमा पाठ्यक्रममा प्रवेश गराइयो र प्रचार गरियो भनेर हामीले पुनर्विचार र बहस नगर्ने हो भने हामी ठीक निष्कर्षमा पुग्न सक्दैनौँ ।

त्यसैगरी त्यतिवेलाका कैयौँ साना राज्यलाई ‘भुरे–टाकुरे’ भन्ने शब्द प्रयोग गरिएको छ । मलाई लाग्छ, इतिहासमा प्रयोग गरिएका ती शब्द पनि गलत नियतसाथ प्रयोग गरिएका थिए । के काठमाडौं भुरेटाकुरे थियो ? जब कि गोरखालाई कहिल्यै ‘भुरे–टाकुरे’ भनिएको छैन । इतिहास हेर्ने हो भने गोरखा पनि अन्य राज्यजत्तिकै हैसियत भएको राज्य थियो । यसो किन भयो भन्दा जति पनि इतिहास लेखक थिए, उनीहरू गोरखा पक्षीय भएर इतिहासको व्याख्या र प्रचारमा लागेका थिए । त्यतिवेला ती राज्यको अर्थतन्त्र धान्न नसक्ने खालको थियो, त्यसैले उनीहरू जोडिनुपर्ने आवश्यकता थियो भनेर माक्र्सवादीले समेत भन्ने गरेको पाइन्छ । यसलाई दुई–तीन कोणबाट हेर्न सकिन्छ । 

पहिलो, उनीहरू आर्थिक रूपमा टिक्न नसकेको कुरा तिनै राज्यले नै भनेका हुन् अथवा विरोधी राज्यले ? त्यो त विजेता राज्यले भनेको हो । दोस्रो, ती टिक्नै नसक्ने अवस्थामा थिए भने के तीनले विदेशबाट ऋण लिएर खाइरहेका थिए ? जब कि इतिहासमा यस्तो देखिँदैन । टिक्नै नसक्ने अवस्थाका राज्यले गोरखासँग प्रतिरोध गर्छन् कि आत्मसमर्पण गर्छन् ? पृथ्वीनारायण शाह त कीर्तिपुरमै हारेका हुन्, पछि पो जिते । तेस्रो, पृथ्वीनारायण शाहको राज्य विस्तारपछि ती राज्य टिकाउनका लागि राज्यले गरेको के हो ? तथ्यलाई हेर्ने हो भने त्यो पनि देखिँदैन । वास्तवमा भन्ने हो भने राज्यले अहिलेसम्म कर असुल्ने, उनीहरूको जमिन बिर्ता, गुठीमा ल्याएर उनीहरूको आर्थिक स्थिति झन् खत्तम पार्ने कामबाहेक केही गरेको छ ? त्यसैले यो तर्क पनि पुष्टि हुने आधार छैन । जनसमुदायको सभ्यतामाथि हस्तक्षेप गरेर उनीहरूबारे आफूले निर्णय गरेर गरिने शासनलाई एकता प्रक्रिया होइन, हस्तक्षेप प्रक्रिया भन्न सकिन्छ । 

हो, जुनसुकै प्रक्रियाबाट भए पनि एउटा भूखण्डभित्र, एउटै नियम, शासन र अन्तर्रक्रियामा बाँच्न थालिसकेपछि त्यहाँभित्रबाट पैदा हुने एकता, आत्मीयता र राष्ट्रियताको जहाँसम्म प्रश्न छ, त्यो बेग्लै विषय हो । उदाहरणका रूपमा बा–आमाले मागीविवाह गरिदिएपछि पनि दुई अन्जान व्यक्तिबीच जुन अनुराग र प्रेमको विकास हुँदै सन्तान उत्पन्न हुन्छ र एउटा परिवार बन्छ, त्यस्तैगरी एउटा भूखण्डभित्र त्यस्तै अनुराग पैदा हुँदैन भनेको होइन । तर, सन्तान त बलात्कारबाट पनि जन्मिन्छ, के यस्तो अवस्थामा बलात्कारलाई ठीक भन्न सकिन्छ ? त्यसैले संसारमा धेरै देश दमनपूर्ण तवरबाट निर्माण हुन सक्छन् । तर, यसको अर्थ त्यहाँ प्रतिरोध छैन भन्ने होइन । 

कहिलेकाहीँ सुन्ने गरिन्छ– पृथ्वीनारायण शाहले एकीकरण नगरिदिएको भए हामीले आफूलाई नेपाली भन्नै पाउँदैनथ्यौँ । हामीले बुझ्नुपर्ने के छ भने पृथ्वीनारायण शाह स्वयंले आफूलाई नेपालीभन्दा पनि गोर्खाली र आफ्नो सेनालाई नेपाली सेना होइन, गोर्खाली सेना भन्थे । त्यो त कालान्तरमा इतिहासको एउटा मोडमा आएर यसलाई नेपालीकरण गरिएको हो र त्यसैको आधारमा अहिलेको पुस्ताले आफूलाई नेपाली भन्न थालेको हो । त्यसैले यो अवधारणा पछि विकसित भएको हो । जस्तै उदाहरणका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जो नयाँ मुलुकका रूपमा थपिए । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला

काठमाडौं : नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ । पाकिस्तानका विदेशमन्त्री

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य पुनस् बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– लगातार वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहानसम्म सप्तकोसी ब्यारेज भएर

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताको लागि स्थगित भएको छ

काठमाडौं : कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा

काठमाडौंः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात संचालनको बारेमा बैठकपछि मात्र आधिकारिक धारणा दिने भएको

काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले सरिता गिरीको कारवाहीप्रति टिप्पणी गरेकोमा आयोगले आपत्ति

काठमाडौं– नेपालमा बिहीबार १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी