बैतडीमा दुई पटक भूकम्पको धक्का महसुस



बैतडी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज (शनिबार) बिहान दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रविन्दु बनाएर ३.७ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । त्यस्तै आजै विहान ६ बजेर ४६ मिनेछमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास ५.३ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्काको बैतडी, बझाङ, अछामलगायतका जिल्लामा महसुस गरिएको जनाइएको छ । भूकम्पबाट कुनै पनि क्षति नभएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्