झारफुक गर्ने बहानामा युवतीमाथि बलात्कार



कैलाली : झारफुक गर्ने बहानामा युवती बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले हिजो (शुक्रबार) पक्राउ गरेको छ । गत माघ २१ गते १४ वर्षीया बिरामी किशोरीलाई झारफुक गर्ने बहानामा बलात्कार गरेको अभियोगमा प्रहरीले घोडाघोडी नगरपालिका–१ हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आँखामा समस्या समाधानका लागि झारफुक गर्न गएको आफूलाई डगौराले मन्दिरमा नरिवल चढाउने बहानामा घोडाघोडी तालक्षेत्रको जंगलमा लगेर बलात्कार गरेको पीडित युवतीले बताएकी छन् ।

पक्राउ परेका डगौरालाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्