फेसबुककै ट्विटर र इन्स्टाग्राम ह्याक


काठमाडौं : फेसबुकका सामाजिक सञ्जाल खाताहरू शुक्रवार ह्याकरहरूले केही बेरका लागि आफ्नो नियन्त्रणमा लिएका छन्।

ह्याकिङ समूह आवरमाइन (OurMine) ले ‘फेसबुक पनि ह्याक गर्न सकिन्छ’ भन्ने सन्देश फेसबुकको आधिकारिक ट्विटर र इन्स्टाग्राममा पोष्ट गरेका थिए।

ती खाताहरू अहिले पुन:स्थापित गरिएका छन्।

आवरमाइनले उसको आक्रमण साइबर कमजोरी प्रष्ट देखाइदिने प्रयत्न भएको बताएको दाबी गरेको छ।

फेसबुक ह्याक

गत ज्यानुअरीमा उसले यूए न्याशनल फुटबल लिगका एक दर्जनभन्दा बढी खाताहरू आफ्नो नियन्त्रणमा लिएको थियो।

उक्त समूहले फेसबुकको ट्वीटर ह्यान्डलमा लेखेको थियो, “हेलो, हामी आवरमाइन हौँ। फेसबुक पनि ह्याक गर्न सकिन्छ तर कम्तीमा फेसबुकको सुरक्षा व्यवस्था ट्वीटरको भन्दा राम्रो छ।”

ट्विटरद्वारा पुष्टि

उसले फेसबुकको इन्स्टाग्राम खाता र मेसेन्जर खाता आफ्नो नियन्त्रणमा लिएर आवरमाइनको लोगोको फोटो पोष्ट गरिदिएको थियो।

फेसबुकको आफ्नै वेबसाइट भने ह्याक गरिएको थिएन।

ट्विटरले तेश्रो पार्टीले ह्याक गरेको पुष्टि गरेको छ र त्यसबारे थाहा पाएपछि प्रभावित खाताहरू बन्द गरिएको जनाएको छ।

“त्यस्तो भएको जानकारी पाएपछि हामीले समस्यामा परेका खाताहरू बन्द गर्‍यौँ र फेसबुकस्थित हाम्रा सहकर्मीहरूसँग तिनलाई यथास्थितिमा पुर्‍याउन काम गरिरहेका छौँ,” ट्विटरले एउटा विज्ञप्तिमा भनेको छ।

फेसबुकमा भएको आक्रमण यसअघि न्याशनल फुटबल लिगमा जस्तै रहेको ठानिएको छ। यी खाताहरूमा खोरोज भनिने तेस्रो समूहमार्फत पुगिएको जस्तो देखिन्छ।

खोरोज भनेको व्यापारिक समूहले सामाजिक सञ्जालमा आदानप्रदान गर्ने सन्देशका लागि प्रयोग गरिने एउटा माध्यम हो।

आवरमाइनको ह्याकिङ श्रृङ्खला

यस्ता माध्यमहरूको उनका उपभोक्ताका लगईन सूचना र पासवर्डहरूमा पहुँच हुन्छ। बीबीसीले प्रतिक्रिया माग्दा खोरोजले कुनै प्रतिक्रिया जनाएन।

आवरमाइन भनेको दुबइमा रहेको ह्याकिङ समूह हो, जसले यसअघि पनि विभिन्न समूह र उच्चपदस्थ व्यक्तिका खाता ह्याक गरेको थियो।

उक्त समूह ट्विटर संस्थापक ज्याक डर्सी र गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईका सामाजिक सञ्जाल खातामा पनि पुगेको थियो।

त्यसैगरी नेटफ्लिक्स र ईएसपीएनका कर्पोरेट खातामा पनि पुगेको थियो।

यो समूहले सुरक्षा व्यवस्थामा रहेको कमजोरी देखाउने आफ्नो आक्रमणको उद्देश्य रहेको बताउँछ।

यसले पीडितहरूलाई सुरक्षा व्यवस्था बलियो बनाउन आफ्ना सेवा लिन पनि आग्रह गर्छ। बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : काठमाडौं, अर्घाखाँची, रुपन्देही र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६

एजेन्सी : चीनबाट फैलिएको कोरोना भाइसरको त्रार पछिल्लो समय विश्वभर छ । हालसम्म चीनमा कोरोना

एजेन्सी : हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्। न्यू योर्कको एउटा

एजेन्सी : सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले

जनकपुरधाम : प्रदेश दुईको भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ ।

काठमाडौं : नेपाल सरकारसँगको अमेरिकी साझेदारी षड्यन्त्रमुलक रणनीति भएको र भारतीय पक्षलाई समेत मतियार बनाएर

काठमाडौं : आज सुनको मूल्यमा १५ सयले वृद्धि भएको छ । हिजो (आइतबार) ७८ हजार

काठमाडौं : आज (सोमबार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि नयाँदिल्लीको अहमदावाद

काठमाडौं : शेर्पा समुदायले आज (सोमबार) ग्याल्पो ल्होसार पर्व मनाउदै छन् । प्रत्येक वर्ष फागुन

सुरुङ्गा : ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका

काठमाडौं : सिंहदरबारस्थित हुलाक सेवा विभागको भवनमा आगलागी भएको छ । ननिभेका चुरोठका ठुटाबाट हिजो

काठमाडौं : पशुपति क्षेत्र विकास कोषको व्यवस्थापनलाई लिएर नागाबाबाहरु आक्रोशित भएका छन् । आज (आइतबार)