कर्मचारी छैनन् काम कसरी हुन्छ ? : मुख्यमन्त्री राउत



जनकपुर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी र प्रशासन बिना सरकार चल्न नसक्ने बताएका छन् । 'प्रहरी बिना सरकार चल्नै सक्दैन,' मुख्यमन्त्री राउतले भने, 'प्रदेश प्रहरी ऐन ल्याउन संघीय सरकारले अवरोध गरेको छ । प्रहरी बिना प्रदेशमा शान्ति सुरक्षा कायम गर्न सकिँदैन । प्रदेश सरकार अब हात बाँधेर बस्दैन ।'

 

प्रदेश सञ्चालन गर्न प्रहरी र करारमा कर्मचारी भर्ना गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने, 'संघिय सरकारबाट कर्मचारी नआउँदा नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या छ ।'

 

प्रदेश प्रहरी र करारमा कर्मचारी भर्नाकालागि सांसदसँग मुख्यमन्त्री राउतले आग्रह समेत गरे । आइतबार प्रदेश सभामा सम्बोधन गर्दै राउतले प्रदेश प्रहरी ऐनमा विलम्ब नगरी तत्काल पास गर्न सांसदसँग आग्रह गरे ।

 

विपक्षी दलले बजेटमा संशोधनको माग गर्दै शुक्रबार प्रदेशसभा बैठक अबरुद्ध गरेपछि आइतबार प्रदेशसभामा राउतले सम्बोधन गर्दै बजेटमा रहेको त्रुटि सुधार गर्ने प्रतिबद्धता जनाएका थिए ।

 

बजेट कार्यान्वयन गर्न प्रदेश २ मा कर्मचारी नभएकाले भाैतिक विकास निर्माणका काम अगाडी बढाउन नसकिएकाे उनले बताए । प्रदेश २ को ३३ औं बैठक सोमवार बिहान ११ बजे बस्ने छ ।


यस्ता छन् प्रदेशसभाले गर्ने दैनिक कार्यसूची

प्रतिक्रिया दिनुहोस्