कतै विकेन, कतै पुगेन चामल


डोल्पा : भूगोलका हिसाबले तीन भागमा विभाजित डोल्पामा कतै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल बिक्री नहुँदा समस्या देखिएको छ भने कतै चामल नपुग्दा हैरान भएको छ ।

यातायातको सहज पहुँच भएका ठाउँमा कम्पनीको चामल कम बिकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाले जनाएको छ । यातायातको पहुँच नभएको र भारी हिमपातका कारण समस्या भोगिरहेको उपल्लो डोल्पाका दुई बिक्री केन्द्रमा चामलको गेडासम्म नभएको कम्पनीको भनाई छ ।

तल्लो तथा मध्य डोल्पामा नेपाल कम्पनीबाट बिक्री हुने चामलको मूल्य बजारमा पाइनेभन्दा कम रहेको छ । कम्पनीले मोटा चामल ४६ रुपैयाँ, सोना मन्सुली ५४ रुपैयाँ, जिरा मसिनो ६१ रुपैयाँ र जापानिज चामल ४४ रुपैयाँ प्रतिकिलोग्राम विक्री भइरहेको कम्पनीका कमलराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार बजारमा प्रतिकिलो जिरा चामल ८० र दुर्गा ६५ मा पर्दछ । अहिले दुनैस्थित गोदाममा ३ हजार क्विन्टल चामल बिक्री नभएर मौजदात रहेको छ । गोदामको क्षमताभन्दा झण्डै ५०० क्विन्टल चामल बढी रहेको पाण्डेको भनाई छ ।

यातायातको सहज पहुँच भएकै कारण जिल्लाका गाउँ गाउँमा चामल ढुवानी कार्य भएकाले कम्पनीको चामल बिक्न समस्य भएको छ । बजारमा चामल उद्यारोमा पाइने तर कम्पनीको चामल उधारोमा नपाइने भएका कारण अर्को समस्या देखिएको हो ।

कम्पनीका डिपो टाढा रहेकाले गाउँमै ढुवानीको पहुँच बढेसँगै स्थानीय बजारमा पाइने चामल बिक्रीदर बढेको छ । कम्पनीबाट घरसम्म चामलको ढुवानी खर्चलाई जोड्दा सोही दर, रेट पर्ने हुँदा स्थानीयवासी घर नजिकैको पसलमा खरिद गर्न बाध्य भएको मुड्केचुला गाउँपालिका–७ का नर्कुका प्रेम शाहीले जानकारी दिए । सर्मी डिपोमा अहिले ३०० क्विन्टल चामल मौजदात रहेको छ ।

त्यस्तै काइगाउँ एक हजार ४०० क्विन्टल चामल बिक्री नभएका कारण मौजदात रहेको छ । जुफाल डिपोमा समेत चामल स्टक रहेको रहेको छ । तल्लो तथा मध्य डोल्पामा रहेका लिकु, काइगाउँ, जुफाल र दुनै डिपोमा चामल कम बिक्री हुँदा अघिल्लो वर्षकै मौजदात रहेको छ ।
स्थानीय जमिनमा कम उत्पादन हुने र चिसो मौसममा हिमपातका कारण कष्टकर जीवन बिताउन बाध्य उपल्लो डोल्पामा रहेका कम्पनीको बिक्री केन्द्रमा एक गेडा चामल नभएको पाइएको छ ।

काइके गाउँपालिकाको शहरतारा बिक्री केन्द्र एक हजार ८०० क्विन्टल चामल पठाइको भए पनि सबै बिक्री भएको छ । त्यस्तै बुद्धडोल्पो गाउँपालिकाको तेञ्जे बिक्री केन्द्रमा चार हजार ५०० क्विन्टल चामल पठाएकामा सबै बिक्री भइसकेको छ ।

अहिले उपल्लो डोल्पामा गेडा चामल नभएको कम्पनीको डोल्पा कार्यालयले जानकारी दिएको छ । चीन हुँदै उपल्लो डोल्पामा चामल ढुवानी गर्नुपर्ने भएकाले यहाँ ढुवानी गर्न चुनौती रहँदै आएको छ । चीन सरकारबाट रुटको अनुमति मागेर काठमाडौँबाट तातोपानी हुँदै उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नुपर्दछ । हवाइमार्गबाट खाद्यान्न ढुवानी गर्दा महङ्गो पर्ने भएकाले उपल्लो डोल्पामा खाद्यान्न ढुवानी कार्य अवरुद्ध हुँदै आएको छ । हिमपातका कारण अहिले जाने बाटो अवरुद्ध हुँदा जेठ महिना मात्र खाद्यान्न पठाउन सकिने संस्थानको भनाइ छ ।

उपल्लो डोल्पाका हुने खानेले अहिले हिमपातको समयमा तलतिर झर्ने गर्दछन् । गरिब तथा अर्था अभाव हुने स्थानीयवासी उपल्लो भेगमै बस्ने गरेको डोल्पाका पत्रकार विष्णुलाल बुढाले जानकारी दिए । केही स्थानीय जम्बुको, सिमीलगायतका वस्तु लिएर व्यापार गर्न काठमाडौँसम्म पुग्ने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एवम् प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई

काठमाडौं : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) ६ वर्ष अघिको समझदारी उल्ट्याएर ईपीसी (इन्जिनियरिङ, प्रोक्युरेमेन्ट

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न प्रधानमन्त्री

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ। पार्टीको

काठमाडौं : आज असार शुक्ल पूर्णिमाका दिन अर्थात गुरु पूर्णिमा । आज गायत्री, दीक्षा, वेद

बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६