डिनरका लागि बोलाइएका पाहुनालाई फास्टफुड खुवाए ट्रम्पले



एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिनरका लागि बोलाइएका पाहुनालाई फास्टफुड खुवाएर बिदा गरेका छन् । ह्वाइट हाउसमै डिनरका लागि निम्त्याइएका पाहुनालाई रेस्टुरेन्टबाट मगाइएका फास्टफुड खुवाएर पठाइएको हो ।

राष्ट्रपति ट्रम्पले एउटा कलेजको फुटबल टिमलाई सम्मान गर्न ह्वाइट हाउसमा बोलाएका थिए । डिनरसहितको कार्यक्रम रहे पनि उनले फास्टफुड खुवाएर खेलाडीलाई बिदा गरेका हुन् ।

बजेट पारित नहुँदा अमेरिकाका संघीय कर्मचारीहरु तीन हप्ताभन्दा लामो समयदेखि तलबविहीन भएका छन् । कयौं कार्यालय बन्द छन् । कर्मचारीहरु बिदामा बस्न थालेका छन् । ह्वाइट हाउसका भान्छेसमेत बिदामा गएका कारण राष्ट्रपति ट्रम्पले ती फुटबल खेलाडीलाई डिनरको व्यवस्था गर्न नसकेका हुन् ।

उनले आफ्नै नीजि खर्चमा रेस्टुरेन्टबाट फास्टफुड मगाएर खुवाउनु परेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्