मन्त्री भट्टद्वारा कैलालीको हरैया र डुडेझारी क्षेत्रको अवलोकन



काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोलीले शनिबार कैलालीको विशेष आर्थिक क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्य औद्योगिकस्थलहरुको अध्ययन अवलोकनका क्रममा मन्त्री भट्टसहितको टोलीले शनिबार कैलालीको गोदावरी नगरपालिकामा रहेको हरैयाको विशेष आर्थिक क्षेत्र र लम्किचुहा नगरपालिकास्थित डुँडेझारी औद्योगिक क्षेत्रको अवलोकन गरेको हो ।

अवलोकनका क्रममा मन्त्री भट्टले सरकारले चाँडै हरैया विशेष आर्थिक क्षेत्र र डुँडेझारी औद्योगिक क्षेत्रको काम अघि बढाउने बताए । उनले सरकारले सुखी नेपाली र समृद्ध नेपालको अभियान लिएको बताउँदै नेपाली बजारमा अहिले बढिरहेको आयातलाई प्रतिस्थापना गर्न पनि उत्पादनमा जोड दिनुपर्ने बताए ।

उनले आफू यसै जिल्लाको भएकाले भौगोलिक वस्तुगत स्थितिको जानकार रहेको बताउँदै मन्त्रालयका कर्मचारीलाई बुझाउन महत्वपूर्ण पदाधिकारीसहित अवलोकनमा आउनुपरेको हो भने । उनले १३ महिनाअघि डुँडेझारी औद्योगिक क्षेत्र घोषणाको फाइल तयार भएर मन्त्रिपरिषदमा गएको बताए ।

गोदावरी नगरपालिकामा रहेको हरैया विशेष आर्थिक क्षेत्र ९०० बिघा क्षेत्रफलमा फैलिएको छ भने डुँडेझाडी औद्योगिक क्षेत्र १ हजार १०० बिघामा फौलिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्