राहत शिक्षकले पनि सुरु गरे सरकारविरुद्व आन्दोलन



काठमाडौं: राहत शिक्षकहरुले स्वत: स्थायी गर्न माग गर्दै काठमाडौंमा सरकारविरुद्ध प्रर्दशन गरेका छन्। देशभरका राहत शिक्षकहरुले आईतबार काठमाडौंमा भेला भई स्वतहः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन्। 

 

काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रर्दशन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए। 

 

नेपाल राहत शिक्षक केन्द्रिय समितिको आह्वानमा आयोजित विरोध प्रर्दशनमा सहभागी राहत शिक्षकहरुले स्वतहः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्