झापाबाट स्वस्थ जीवन प्रवद्र्धन अभियान सुरु



झापा : प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले स्वस्थ जीवन प्रवद्र्धन अभियान २०७६ शुरु गरेको छ ।

आम नागरिकले स्वस्थ जीवन जीउन नसक्दा नसर्ने खालका उच्च रक्तचाप, क्यान्सर, मुटुरोग, मिर्गाैलाजस्ता विभिन्न घातक रोगले गाँज्दै लगेको अवस्थामा यस अभियान शुरु गरिएको मन्त्रालयले जनाएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरले झापाको भद्रपुरबाट औपचारिकरुपमा आज अभियानको उदघाटन गर्दै निरन्तर शारीरिक व्यायमसहितको ताजा र शुद्ध खानपीनले नै स्वस्थ्य जीवन जीउन सकिने बताए । उनले हरेक परिवारको घरको भान्सामा सुधार नआएसम्म मानिसको

स्थ्यमा सुधार नआउने बताउँदै सबैलाई सचेत रहन र खानपिनमा विशेष ध्यान दिन आग्रह गरे ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, उपाप्रमुख चन्द्रा श्रेष्ठले कार्यक्रम सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । रासस

प्रतिक्रिया दिनुहोस्