वन, वातावरण संरक्षण तथा पर्यटनसम्बन्धी विधेयकका मस्यौदा तयार


सुर्खेत : कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन, वातावरण संरक्षण र पर्यटनसम्बन्धी अलग–अलग विधेयकका मस्यौदा तयार गरेको छ । मन्त्रालयले ‘प्रदेशभित्रको राष्ट्रिय वन संरक्षण तथा सुव्यवस्था गर्न बनेको विधेयक २०७६, वातावरण संरक्षणसम्बन्धी विधेयक २०७६ र कर्णाली प्रदेशको पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६ को मस्यौदा तयार गरेको हो ।

वातावरण संरक्षणसम्बन्धी विधेयक भने प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । बाँकी दुई विधेयक प्रदेशसभाको चालू अधिवेशनमा पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सहमतिका लागि पठाइएको छ । कानून मन्त्रालयको सहमतिपछि मन्त्रिपरिषद् बैठकले विभागीय मन्त्रालयलाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिनेछ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत खगेन्द्रकुमार खत्रीले कार्यविधिगत जटिलता र कानूनी रिक्तताको पूर्ति गर्न विधेयकहरु अति महत्वपूर्ण रहेको बताउनुभयो । प्रस्तावित विधेयकहरु पारित भएपछि वन, पर्यटन, नदीजन्य पदार्थबाट सङ्कलन हुने राजश्व प्रदेश सरकारले नै सङ्कलन गर्न पाउनेछ । हाल प्रदेशको आफ्नो कानून नहुँदा केन्द्र सरकारले राजश्व सङ्कलन गर्ने गरेको छ । वातावरण संरक्षणम्बन्धी विधेयक पारित भए प्रदेश सरकारलाई वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) लगायतका कार्य गर्न प्रदेश सरकारलाई बाटो खुल्नेछ ।

कानून अधिकृत खत्रीले प्रदेशको अधिकार सूचीमा रहेका विषयको नियमन गर्न र प्रदेश शासनलाई दिगो बनाउन कानूनी आधार आवश्यक पर्ने बताउनुभयो । “मुख्यतः कानून तर्जुमा गरी प्रदेशको अधिकारलाई संस्थागत गर्दै कार्य गर्नुपर्ने हुन्छ, मन्त्रालयबाट हालसम्म उपभोक्ता संरक्षण ऐनबाहेक कुनै पनि विधेयक प्रदेशसभामा पेश भएको अवस्था छैन्”, उनले भने, “प्रदेशसभाको हिउँदे अधिवेशनमै पारित गर्ने गरी यी तीन विधेयकको मस्यौदा तयार पारिएको हो ।”

वातावरण संरक्षणसम्बन्धी विधेयकमा वातावरणीय परीक्षण प्रतिवेदन, प्रदूषण रोकथाम, प्लाष्टिकजन्य पदार्थको नियन्त्रण तथा नियमन, जोखिमपूर्ण पदार्थको व्यवस्थापन, जलवायु परिवर्तनको अवस्था सार्वजनिक गर्नुपर्ने, प्राङ्गारिक क्षेत्र घोषणा गर्न सक्ने, नदी संरक्षणसम्बन्धी व्यवस्था, वातावरण संरक्षणमा उल्लेखनीय कार्य गर्नेलाई सहुलियत तथा सुविधा दिन सक्नेलगायतका विशेष व्यवस्था राखिएको छ ।

पर्यटन विधेयकमा पर्यटन प्रहरी, ट्राभल एण्ड ट्रेकिङ एजेन्सीको दर्ता तथा नियमन, पथप्रर्दशक, पदयात्रा, जलयात्रा (-याफ्टिङ), ग्लाइडिङ, बेलुनिङ, जङ्गल सफारी, क्याम्पिङ, हाइकिङ, बर्ड वाचिङ, स्काइङ, केबलकार, रक क्लाइम्बिङ, ग्रिन फिसिङ, क्याच एण्ड रिलिज, साहसिक पर्यटन, खेल पर्यटन, धार्मिक पर्यटन र तोकिएका अन्य पर्यटन व्यवसायको दर्ता गर्ने, इजाजत लिने, नवीकरण गर्ने, सञ्चालनसम्बन्धी प्रावधान राखिएको छ ।

त्यस्तै, प्रदेश सरकारले आफैँ वा अन्य सङ्घसंस्था वा निकायमार्फत तोकिएबमोजिम पुरातात्विक, सांस्कृतिक वा ऐतिहासिक महत्वका स्थान वा वस्तुहरुको संरक्षणका साथै पर्यटन प्रर्वद्धन गर्न सङ्ग्राहालयको व्यवस्थापन, कुनै आदिवासी जनजाति, समुदाय वा संस्थाले परम्परागत कला संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धन गर्न चाहेमा तोकिएबमोजिम सांस्कृतिक समूह गठन गरी मन्त्रालयमा पेश गर्न सक्ने विषय मस्यौदामा समेटिएको छ । त्यस्तै सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्य तथा समन्वयमा विशेष कार्यक्रम सञ्चालन गर्नसक्ने र प्रदेश सरकारले प्रदेशभित्र कुनै पनि एक स्थानीय तहको कुनै पनि स्थान वा एकभन्दा बढी स्थानीय तहको खास क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था पर्यटन विधेयकमा राखिएको छ ।

आफ्नो क्षेत्राधिकारभित्रका प्रदेश औद्योगिक व्यवसाय विधेयक, वाणिज्यसम्बन्धी विधेयक तथा बजार अनुगमन नियमावलीको मस्यौदा तयारी गर्नुका साथै सरोकारवालासँगको छलफल गरिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले खानी अन्वेषण तथा व्यवस्थापनसम्बन्धी विधेयक मस्यौदाको लागि सैद्धान्तिक स्वीकृति पनि पाइसकेको छ । मन्त्रालयको कार्य जिम्मेवारीअन्तर्गत वन, वातावरण, पर्यटन, उद्योग, वाणिज्य, खानी तथा खनिज पदार्थ, करारलगायत पर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ

काठमाडौं : १४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै ३३ अधिकारकर्मीले सरकारसँग

काठमाडौं : कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै पर्यटन मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् ।

ललितपुर : ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सिन्धुली : सिन्धुलीमा एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं : एसिड आक्रमणका तीन जना युवती र एक पुरुषले रोजगारी पाएका छन् । एसिड

नेपालगञ्ज : कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का

बझाङ : बझाङको मस्टा–२ खिकाला गाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको

विराटनगर : विराटनगरको कोशी अस्पतालमा झापाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगरको कोशी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले पराजित

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन