उपचार हुन नसक्दा रीनाको अस्पतालमै मृत्यु



वीरगन्ज : आगोबाट जलेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

आर्थिक अभावका कारण थप उपचार हुन नसक्दा पर्साको छिपहरमाई गाउँपालिका १ की ३५ वर्षिय रीना देविको अस्पतालमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता विरेन्द्र बहादुर शाहीका अनुसार उनको शुक्रबार दिउँसो वीरगन्जको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अति गरिब, विपन्न परिवारकी उनी पुस २५ गते आगो ताप्ने क्रममा जलेर गम्भिर घाइते भएकी थिइन् । पुस महिनामा एक्कासी बढेको चिसो छ्ल्न घरमै आगो बालेर ताप्ने क्रममा उनी जलेकी थिईन् । आर्थिक अभावका कारण उनको उपचार हुन नसकेपछि मृत्यु भएको परिवारजनले बताएका छन् ।

थप उपचारको लागि काठमाडौं ल्याउन चिकित्सकहरुले सलाह दिए पनि आर्थिक अभाव कारण उनलाई वीरगंज बाहिर लान सकिएको थिएन । उनको समयमै उपचार भएको भए ज्यान जोगिन सक्ने परिवारजनले बताए । आर्थिक अभावकै कारण उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्