नेविसंघको म्याद आज स्वतः भंग हुँदै, अव के हुन्छ ? 



काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघको केन्द्रीय कार्यसमितिको म्याद आज सकिँदैछ । कांग्रेसले म्याद थप नगरे बिधान अनुसार आज राती १२ बजे पछि नेविसंघको केन्द्रीय समिति स्वतः भंग हुनेछ । 

नेविसंघ अध्यक्ष नैनसिंह महरले आफ्नै नेतृत्वमा १२औँ महाधिवेशन हुने दाबी गरेका छन । महरले यसअघि केन्द्रीय कार्यसमितिबाट तीनपटक निर्णय गराएर १२ औँ महाधिवेशनको मिति तोकेका थिए ।  पहिलोपटक गत साउन २३ देखि २५ गतेसम्म, दोस्रोपटक कात्तिक १६ देखि १८ गतेसम्म र तेस्रोपटक पुस २८ देखि ३० गतेसम्म महाधिवेशनको मिति तय भएको थियो । तर अहिलेसम्म ७७ जिल्लामध्ये १४ जिल्लामा मात्रै अधिबेशन सम्पन्न भएको छ । 

नेविसंघको केन्द्रीय समितिमा चरम विवाद छ । अध्यक्ष महर निकट उपाध्यक्षहरू पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले गत शुक्रवार सभापति देउवालाई राजीनामा बुझाएका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले माघ १० गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा मात्रै नेविसंघको विषयमा छलफल हुने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्