सर्वोच्च अदालतमा प्रेमिकाको रुवाबासीः ममाथि बलात्कार भएकै छैन !



काठमाडौं : मुद्दा बलात्कारको छ । आरोपित सुन्धारास्थित केन्द्रीय कारागारमा बन्दी छन् । ‘जाहेरवाला’ भनिएकी युवतीचाहीँ आफूमाथि बलात्कार भएकै होइन भन्दै प्रेमीलाई छुटाउन अड्डा अदालत धाउँदै छिन् । 

तर, न्यायालय भन्छ, ‘मुद्दा हाल्न आउने सक्कली पीडित तिमी नै हौ भन्ने के प्रमाण छ ?’ कानुन कस्तो अंशमुद्दा लड्न १६ वर्ष भए पुग्छ । नागरिकता पाउन र जागिर खान पनि १६ वर्ष भए चल्छ । तर, विवाह गर्न १८ वर्ष पूरा हुनै पर्ने !

कानुनको यही छिद्र कलाएर १८ वर्ष पुग्न केही महिना बाँकी हुँदा एकै स्थान, उही धर्मको प्रेमीसँग हुँदै नभएको जबर्जस्ती यौन सम्बन्धलाई भएकै हो भनी अभिभावककै दबाबमा सामुहिक बलात्कारमा जाहेरी दिन लगाएर अहिले एकजना मोटरसाईकल वर्कशपमा काम गर्ने गरिब मजदुरलाई जेलमा कोचिएको छ ।

आफूमाथि बलात्कार भएको होइन भनी बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च अदालत जाने युवतीलाई अदालत पत्याउँदैन ! आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्