पत्रकारको न्यूनतम पारिश्रमिक अब मासिक २४ हजार ३ सय ७५ रुपैयाँ



काठमाडौं : सरकारले पत्रकारहरूको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ ।मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले पत्रकारहरूको न्यूनतम पारिश्रमिक १९ हजार ५ सयबाट बढाएर २४ हजार ३ सय ७५ पुर्‍याएको हो ।

 

साथै बैठकले उखु किसानहरूको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल पनि गठन गरेको छ ।आगामी कार्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । श्रमजीवी पत्रकारले हाल न्यूनतम १९ हजार ५०० पारिश्रमिक पाउँदै आएका थिए ।

 

मन्त्रिपरिषद बैठकले गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई तीन दिने स्पष्टिकरण सोधिएको र संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिएको राजिनामा बैठकले स्वीकृत गरेको मन्त्री बाँस्कोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्