मेयरको घर अगाडि स्थानीयको चक्काजाम 



जनकपुरधाम : सडक विस्तारमा भेदभाव भएको भन्दै स्थानीयहरुले जनकपुरधाम उपमहानगरपालिकाका मेयरको घर अगाडि बुधबार चक्काजाम गरेका छन्। 

 

मेयर लालकिशोर साहले जनकपुरमा विकास निर्माणको नाममा लुटतन्त्र मच्चाएको स्थानीयले आरोप लगाएका छन् । जनकपुरको रामानन्द चोकदेखि पूर्वतर्फ र अञ्चल अस्पताल हुँदै जानकी मन्दिरसम्म फराकिलो हुनुपर्ने माग गर्दै सांकेतिक विरोध गरेको स्थानीय युवा अमित पाठकले बताए ।

 

जनकपुरधामको मुटु मानिने यो सडक पहिले ४२ फिट चाैडाइ थियो र अहिले पनि ४२ फिट नै कसरी भयो र उपमहानगरपालिका मेयर सडक विस्तारको विषयमा किन चुप ? भन्दै स्थानीयले प्रश्न गर्न थालेका छन् । 

 

अवरुद्ध सडक तत्काल खुले पनि चित बुझ्दो जवाफ नआए पुनः आन्दोलनमा जाने युवाहरुले चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्