चेतना प्रतिष्ठानका पाँच पुरस्कार पत्रकारदेखि समाजसेवीसम्मलाई 



चेतना संरक्षण प्रतिष्ठान विराटनगरकी अध्यक्ष गंगा सुवेदी पुरस्कारको घोषणा गर्दै । 

विराटनगर : चेतना संरक्षण प्रतिष्ठान विराटनगरले विभिन्न विधाका पाँच पुरस्कारको घोषणा गरेको छ ।स्थापनाकालदेखि साहित्य, कला, समाजसेवा, मानवीय धर्म–संस्कृति, पत्रकारितालगायतका क्षेत्रमा समर्पित प्रतिष्ठानको कार्यसमिति बैठकले पुरस्कारको घोषणा गरेको हो ।

 

प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीका अनुसार समाजसेवी हरिभक्त सिटौलाद्वारा स्थापित धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कारबाट वरिष्ठ साहित्यकार प्रा.डा. कपिल लामिछानेलाई पुुरस्कृत गरिने भएको छ । सम्मानपत्रसहित लामिछानेलाई एक लाख एक हजार नगद समर्पण गरिनेछ । यसअघि सो पुरस्कारको राशि ५१ हजार रुपैयाँ थियो ।

त्यस्तै समाजसेवी देवकिसन मुन्दडा तथा देवेनरा परिवारद्वारा स्थापित बालकिशन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार प्रा.डा. सोमप्रसाद खतिवडा र  समाजसेवी दीनबन्धु गोयल तथा श्रीमती उषादेवी गोयलद्वारा स्थापित ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार जीवन विकास विज्ञानका संस्थापक रमेश नेपाललाई प्रदान गरिने भएको छ । 

त्यस्तै बैठकले समाजसेवी दिनेश सुवेदीद्वारा स्थापित नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार वरिष्ठ पत्रकार युवराज घिमिरे र साहित्यकार गंगा सुवेदीद्वारा स्थापित भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार वरिष्ठ कलाकार मिथिला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । चारवटै पुरस्कारको राशि ५१ हजार छ ।

 

घोषित सबै पुरस्कार प्रतिष्ठानको वाीर्षकोत्सवका अवसरमा यही माघ २६ गते विराटनगरमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने अध्यक्ष सुवेदीले जानकारी दिइन् । प्रतिष्ठानले वाीर्षकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान र पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्