फ्रिज प्रयोगविहीन : प्रहरी र कर्मचारी बेवारिसे शव कुर्नुपर्ने बाध्यता


लमही : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह बजेट अभावले निर्माण रोकिएपछि शव राख्ने फ्रिज त्यत्तिकै थन्किएको छ । प्रतिष्ठानलाई शवगृह सञ्चालनमा ल्याउन आर्थिक अभाव रहेको र तत्कालीन उपक्षेत्रीय अस्पताल हुँदा ल्याइएको फ्रिजसमेत उपयोग नभएको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए ।

उनले शवगृह सञ्चालनमा ल्याउन बजेटको व्यवस्था गर्न सरकारसित माग गर्दै शवगृहमा फ्रिज भएमा बेवारिसे अवस्थामा रहेका शव व्यवस्थापनमा सहज हुने बताए । बेवारिसे अवस्थामा शवले स्वास्थ्य संस्था नै दुर्गन्धित हुने र शवपरीक्षणमा समेत समस्या हुने बताइएको छ । शवगृह निर्माण भएमा पाँचदेखि सातजनाको शव राख्न सकिने र गर्मीयाममा शव कुहिने समस्या हट्ने प्रहरीले जनाएको छ ।

अस्पताल प्रमुख रमिता गौतमले शवगृह जीर्ण हुँदा प्रहरी र अस्पताल कर्मचारी बेवारिसे शव कुर्नुपर्ने बाध्यता रहँदै आएको बताइन् । घोराही उपमहानगरपालिका–१ का वडाध्यक्ष राममणि पाण्डेले अस्पतालले शवगृह निर्माण गर्न बजेट माग गरेर निवेदन दिएमा बजेट उपलब्ध गराइने जानकारी दिए । -रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : अस्ट्रेलियाका ९ वर्षीय बालकले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् । ९

काठमाडौं : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ।

दोलखा : शिवरात्रिमा बाटो छेकेर पैसा माग्न बसेका बालकको बसले ठक्कर दिँदा मृत्यु भएको छ

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यलयबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आज (शुक्रबार) फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी महाशिवरात्री पर्व

काठमाडौं : आज फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी मनाइँदैछ । आज

काठमाडौं : तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफ्ना गाडी र अंगरक्षक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित