सचिवमाथि मन्त्रीको हातपातबारे के भन्छन् जनकपुरका युवा ?



जनकपुरधाम : मन्त्रीले सचिव कुटेको घटनालाई लिएर प्रदेश २ को अस्थायी राजधानी जनकपुर अहिले तरंगित भएको छ । कर्मचारीहरु सचिवको पक्षमा विज्ञप्ति जारी गरेर सामाजिक सञ्जालमा पनि  खुलेर लेखिरहेका छन् भने कुट्ने मन्त्री विजय यादवको पक्षमा प्रायः नेताहरु बोल्न थालेका छन । सभामुख सरोज यादवले समेत मन्त्री यादवकै पक्षमा प्रतिक्रिया दिन थालेका छन् । सचिवले कुटाइ खाएको विषयमा जनकपुरका युवा अगुवा के भन्छन् ? द नेपालटपको जिज्ञासामा उनीहरुको प्रतिक्रिया : 

 

     शेखर पंजियार (युवा अगुवा)

    प्रदेश २ मा मन्त्रीले सचिवलाई कुटेको खबर दुखद हो, यसरी प्रदेश चल्न सक्दैन । मन्त्रीले साँच्चीकै कुटपिट गरेका हुन् भन्ने तत्काल अपदस्त गरी उच्चस्तरीय छानबिन              हुनुपर्छ ।

 

    शोभाकान्त पाण्डेय (खेलाड़ी)

    मन्त्रालयमा लुट मच्चिएको छ । घटनाको विषयमा धेरै प्रकारको टीकाटिप्पणी सुरु भएको छ । यस्तै हुँदै जाने हो भने संघीयतामाथि नै ग्रहण लाग्छ । सभामुख प्रोटोकल तोडेर      किन गए अर्थमन्त्रीकोमा ? गालीगलौज गर्दा के हेरेर बसेका थिए सभामुख ? सबैको छानबिन हुनुपर्छ । स्वतन्त्र छानबिन कमिटी गठन हुनुपर्छ, दोषीलाई तत्काल हटाउनुपर्छ ।

 

    सरोज मिश्र (व्यापारी)

    मन्त्रीज्यू, तपाईं जनप्रतिनिधि हो, डन प्रतिनिधि होइन  । होसमा बस्नुस्, बेहोस नहुनुस् । पब्लिकले सबै जान्दछ । चार दिन कि चाँदनी फिर अँधेरी रात, याद रहोस ! 

 

    सुशील कर्ण

    घटनाको निष्पक्ष छानबिन गरी दोषी जो कोही भए पनि कड़ा कारबाही गरी विधिको शासन कायम गर्नुपर्ने हुन्छ । किन आखिर सचिवले गाली गरे ? सचिवजस्तो मान्छे त्यसरी      पागल किन बने ? त्यो पनि गम्भीर विषय छ । धुरुधुरु रुने व्यक्तिलाई पिटेकै हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्