अगुवाले भ्रम सिर्जना गरे लुम्बिनीको विकास सधै पछाडी पर्छ : मुख्यमन्त्री पोखरेल


बुटवल : लुम्बिनीका क्षेत्रका अगुवाले विकासको वातावरण बिथोल्ने काम गरे लुम्बिनीको विकास सधै पछाडी पर्ने प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखेलले बताएका छन् ।

लुम्बिनी विश्वविद्यालय लुम्बिनी र प्रदेश नम्बर ५ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा ३ दिन सम्म बौद्ध कला, संस्कृति र साहित्य सम्मेलन २०२० को उद्घाटन गर्दै मुख्य मन्त्री शंकर पोख्रेलले केही दिन अगाडी लुम्बिनीको वृहत्तर विकासका सन्दर्भमा विश्व शान्ति ग्रामका बारेमा छलफल गर्न लुम्बिनी आउँदा स्थानीय समुदायहरुलाई अत्यन्तै भयभित गराउने काम यस क्षेत्रका केही स्वार्थी मान्छेबाट भएको बताए ।

हुँदै नभएको कुरा जनताका बीचमा लगेर भ्रम सिर्जना गर्ने र विकासको वातावरणलाई बिथोल्ने खालका प्रयास स्वार्थी मान्छेबाट भएको हामीले अनुभव गर्यौ । अहिले जे अवस्थामा लुम्बिनीलाई राखिएको छ । त्यहि अवस्थामा स्थानिय जनताले कुनै फाइदा पाउनै सक्दैन । मुख्य मन्त्री पोख्रेलले भने–‘अहिले हामी तीन माइलको पेरिफेरीमा जुन लुम्बिनी पवित्र क्षेत्र मायादेवी मन्दिरको परिसरलाई विकास गर्ने गुरु योजना केन्द्रो टांगेको गुरुयोजनालाई कार्यान्वयन गर्दै छौँ यत्तिले मात्रै लुम्बिनीका स्थानिय जनताले फाइदा लिन सक्दैनन । सिमितले मात्रै लाभ लिन्छन् ।’

लुम्बिनीमा सधै टाठा बाठाले मात्रै लाभ लिइरहेको स्थानिय जनता सधै ओझेलमा परेको इंगित गर्दै मुख्य मन्त्री शंकर पोख्रेलले भने–‘लुम्बिनीमा सधै टाठा बाठाले लाभ लिने हो । जब हामी स्वरुपमा परिवर्तन गर्न सक्छौँ तब मात्रै स्थानियले जनताले लाभ लिने हो । टाठा बाठाहरुले बिस्तारै स्वरुपमा जाने कुरालाई नै भड्काई राखेका छन् । टाठा बाठाले गलत ढंगले प्रचार गरेका छन् । बिस्तारै गुरुयोजना कार्यान्वयन गरे स्थानिय बिस्थापित गरिन्छ भन्ने टाठाबाठाले नचाहिँदो गलत ढंगले भ्रम सिर्जना गरेका छन् ।’

लुम्बिनीको विकासमा यस्तो प्रकारको फोहोरी खेल किन खेलिन्छ के का लागि खेलिन्छ ? मैले बुझेको छैन । ‘जुन चिजबाट जनताको जिवन स्तरमा गुणात्मक परिवर्तन आउँछ त्यो चिजबाट जनतालाई अंध्यारोमा राख्ने प्रयास किन राखिन्छ ? यस्तो फोहरी प्रबृत्ति अगुवा भन्नेहरुले किन गर्छन् । जनतालाई भयभित बनाएर लुम्बिनीको बृहत्तर विकासलाई रोक्ने खालको काम अन्तोतोगोत्वा यस क्षेत्रका लागि प्रतिउत्पादक हुन्छ ।’ पोखरेलले भने ।

मुख्यमन्त्री पोखरेलले बुद्धिज्मलाइ दुनियांमा फरक फरक तरिकाले बुझ्ने गरिएको बताउदैं जीवनपद्धतीसँग जोडेर दर्शनको रुपमा अंगिकार गरेमा फलदायी हुने बताए । उनले भने–‘बुद्धिज्मलाई हामिले दर्शनको रुपमा चर्चा गर्याै । दुनियाँको ठुलो पंक्तिले संस्कृतिको रुपमा ग्रहण गरेको छ । केहिले धर्मको रुपमा त केहिले जीवन पद्धतिको रुपमा लिईरहेका छन् । तर जे भएता पनि हामीले बुद्धिज्मलाई स्थानीय संग जोडेर लग्यौ भने मात्रै त्यसले जिवन्तता पाउँछ ।’

लुम्बिनी विश्वविद्यालयका रजिस्ट्रार तिलकराम आचार्यले अन्तर्राष्ट्रिय बुद्धिस्ट साहित्य, संस्कृति सम्मेलन मार्फत बुद्धिज्मको विकास गर्ने ध्ययेले कार्यक्रम गरिएको बताए । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा भइरहेको महोत्सव २६ गतेसम्म हुने महोत्सवमा हुने आयोजकले बताएका छन् । बौद्ध कला र साहित्यको प्रदर्शन तथा बौद्ध अध्ययन सम्बन्धी साहित्यको बिबिध विषयमा गोष्ठी हुने उक्त महोत्सवमा बौद्ध कला, संस्कृति र साहित्वको विषयमा महोत्सव मार्फत जानकारी दिन थालिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव राधा वाग्लेले बताइन ।

महोत्सवको अवसरमा मोलाम पुजा समेत हुने भएको छ । सोही अवसरमा पूर्व मन्त्री मोदनाथ प्रश्रित, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व राजदूत खगनाथ अधिकारी, टंक कार्की, विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धर, बरिष्ठ पत्रकार डा. कुन्दन अर्याल, पुरातत्वविद् कोषप्रसाद आचार्य, बसन्त विडारी, प्राज्ञ गोपिरमण उपाध्याय सहितका १६ विद्धानहरुले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका अनुसन्धान प्रमुख प्रा.डा. गितु गिरीले कार्यपत्र प्रस्तुत २५ र २६ गते प्रस्तुत हुने उनले जानकारी दिए । महोत्सवको समापन २६ गते साँझ हुने भएको छ ।

लुम्बिनी विश्वविद्यालय केन्दी्रय क्याम्पसका प्रमुख फणिन्द्र न्यौपानेको सञ्चालन तथा विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन सत्रमा प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातवरण मन्त्री लिला गिरी, पूर्व सभामुख दमनाथ ढुंगाना, चिनकालागी नेपालका पुर्व राजदूत टंक कार्र्की, विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धर, बरिष्ठ पत्रकार डा. कुन्दन अर्याल, राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, प्रदेश सभासदस्यहरु, स्थानिय तहका प्रमुखहरु तथा स्वदेशी तथा विदेशी बुद्धिज्म क्षेत्रका जानकार एवं स्थानियहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : अस्ट्रेलियाका ९ वर्षीय बालकले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् । ९

काठमाडौं : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ।

दोलखा : शिवरात्रिमा बाटो छेकेर पैसा माग्न बसेका बालकको बसले ठक्कर दिँदा मृत्यु भएको छ

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यलयबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आज (शुक्रबार) फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी महाशिवरात्री पर्व

काठमाडौं : आज फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी मनाइँदैछ । आज

काठमाडौं : तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफ्ना गाडी र अंगरक्षक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित