फागुन १ गतेदेखि गैँडहवा ताल महोत्सव


भैरहवा : यहि फागुन १ गतेदेखि १० गतेसम्म रुपन्देही जिल्लाको गैँडहवा गाउँपालिकामा अवस्थीत गैँडहवा तालमा पहिलो पटक नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि महोत्सव हुने भएको छ ।

कृषि शिक्षा स्वास्थ्य, रोजगार र ब्यापार, पर्यटन सहितको पूर्वाधा विकास भन्ने मुल नाराका साथ प्रथम ताल महोत्सव २०७६ गर्न लागिएको आयोजकले बताएका छन् ।

नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा प्रदेश नम्बर ५ मा पर्यटनको प्रचुर सम्भावनालाई उजागर गर्न महोत्सव फलदायी हुने विश्वास लिएको गैँडहवा गाउँपालिकाका अध्यक्ष बच्चु केवट (बच्चुलाल)ले बताए । प्रथम गैँडहवा ताल महोत्सव मुल आयोजक समितिका संयोजक समेत रहेका केवटले प्रचुर सम्भावना बोकेको गैँडहवा तालको प्रचार प्रसार नहुँदा यसको वास्तविक अवस्था बाहिर आउन नसकेकोले तालको प्रचार प्रसार र ताललाई पर्यटनको गन्तब्य बनाएर आन्तरिक तथा बाह्य पर्यटन भित्राउने लक्ष्य लिइएको बताए ।

८४ बिघा क्षेत्रफलमा रहेको तालको ५० बिघा क्षेत्र जलाशय युक्त रहेको छ । २ सय प्रजातीका चराचुरुङ्गी पाइने तालमा घ्रर्सने प्रजातीका मात्रै २० रहेका छन् केवटले भने, यस तालको उत्तरतर्फ एशियाको दोस्रो ठूलो जटायु रेष्टुरेन्ट रहेको छ ।

लुम्बिनीमा अध्ययन र मनोरञ्जनका लागि आउने पर्यटकका लागि समेत सम्भावना बोकेको गन्तब्यमा लिन सकिने महोत्सव प्रचार प्रसार उप समिति संयोजक भुवन रानाले बताए । १२ महिना नै आन्तरिक तथा बाह्य पर्यटकलाई तालमा डुङ्गामा सयर गराउन २ थान ठूला र २ थान साना डुङ्गा समेत खरिद गरिएको रानाले बताए ।

पर्यटकीय आकर्षणको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको यो तालमा लुम्बिनी आउने पर्यटकलाई मात्रैपनि घुमाउने वातावरण तयार गरि उनिहरुको बसाई लम्ब्याउँदा पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने महोत्सवव प्रचार प्रसार उप–समितिका सह–संयोजक सन्दीप गुप्ताले बताए ।

१ सय वटा स्टल रहने ताल महोत्सवमा विज्ञान प्रबिधि पदर्शनीमा राखिनुका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजकले बताए । १ लाख दर्शक भित्र्याउने योजना भएको महोत्सवमा १ करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली बिहिबार

काठमाडौं : काठमाडौं, अर्घाखाँची, रुपन्देही र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६

एजेन्सी : चीनबाट फैलिएको कोरोना भाइसरको त्रार पछिल्लो समय विश्वभर छ । हालसम्म चीनमा कोरोना

एजेन्सी : हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्। न्यू योर्कको एउटा

एजेन्सी : सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले

जनकपुरधाम : प्रदेश दुईको भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ ।

काठमाडौं : नेपाल सरकारसँगको अमेरिकी साझेदारी षड्यन्त्रमुलक रणनीति भएको र भारतीय पक्षलाई समेत मतियार बनाएर

काठमाडौं : आज सुनको मूल्यमा १५ सयले वृद्धि भएको छ । हिजो (आइतबार) ७८ हजार

काठमाडौं : आज (सोमबार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि नयाँदिल्लीको अहमदावाद

काठमाडौं : शेर्पा समुदायले आज (सोमबार) ग्याल्पो ल्होसार पर्व मनाउदै छन् । प्रत्येक वर्ष फागुन

सुरुङ्गा : ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका

काठमाडौं : सिंहदरबारस्थित हुलाक सेवा विभागको भवनमा आगलागी भएको छ । ननिभेका चुरोठका ठुटाबाट हिजो