रुपन्देहीमा फागुन १ गतेदेखि दादुरा रुबेलाको खोप दिइने


भैरहवा : रुपन्देही जिल्लामा यहि आगामी फागुन १ गतेदेखि दादुरा रुबेला खोप दिइने भएको छ । ९ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई रुबेला खोप लगाउने र जन्मे देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको रुपन्देही जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र कुमार गिरीले बताए ।

प्रथम चरणमा फागुन १ गतेदेखि ९ गतेसम्म बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, ओम सतिया गाउँपालिका र रोहीणि गाउँपालिकामा अभियान सञ्चालन गरिने प्रमुख डाक्टर गिरीले बताए । फागुन ११ गते देखि १७ गते सम्म दोस्रो चरणमा सिद्धार्थनगरपालिकामा हुने छ । फागुन १६ देखि २४ गतेसम्म मायादेवी गाउँपालिका, गैंडहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र कोटहीमाई गाउँपालिकामा तेस्रो चरणको अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताए ।

जिल्ला तथा पालिकाको अगुवाईमा यो अभियान सफल बनाई १६ वटा स्थानिय तहमा सत प्रतिशत कभरेज भएको सुनिश्चीत गर्न अभियानका सबै क्रियाकलापहरु प्रभावकारी रुपले सम्पन्न गर्न सहज हुनुको साथै नियमित खोप कार्यक्रम समेत सुदृढीकरण भई पूर्ण खोप सुनिश्चीत गर्न सहज हुने अपेक्षित लक्ष्य रहेको प्रमुख गिरीले बताए । ३ वर्ष अगाडी रुपन्देही जिल्ला पूर्ण खोप घोषणा भए पनि हामी पूर्ण खोपमा उन्मुख छैनौँ । गिरीले भने अझ दिगो पना तर्फ हाम्रा कार्यक्रमहरु उन्मुख भएको अवस्था छ ।

दादुरा रोग लागेमा आखाँमा समस्या भई अन्धोपन हुने, झाडा पखाला र कुपोषण, कान पाक्ने, श्वास प्रश्वासमा कडा सक्रमण हुने, मस्तिष्कमा कडा खालको सुजन हुने, मस्तिष्कमा ज्वरो आउने जस्ता बिरामीलाई जटिलता देखिने गर्दछन् । त्यसै गरि रुबेला रोग लागेमा गर्भावस्थामा सक्रमण भए बच्चाहरुमा हुने विकृतिहरु, गर्भपतन हुने वा मृत शिशु जन्मीने, बहिरो पना, अन्धोपना, मुटु र मस्तीष्कमा विकृति, कलेजो र फियोमा असर र जटिलताको कारण मृत्यु समेत हुने सक्ने जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ । दादुरा तथा रुबेलाबाट बच्ने उपाय कुनै उपचार नभएकाले तोकीएको उमेरमा दादुरा रुबेला बिरुद्धको खोप लगाउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने

काठमाडौं : पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ

एजेन्सी : फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पहिलो पटक एक जनाको एकजनाको मृत्यु भएको

महोत्तरी : सोनमा गाउँपालिकाका २५ वर्षिय मञ्जीतकुमार महरालाई करीब एक दशक अगाडि बुबासँगै बजाइएको ढोल

काठमाडौं : भारतको राजधानी दिल्लीमा हिंसात्मक झुण्डहरूले मुस्लिमहरूको घर र पसलमा आक्रमण गर्दा लगातर ३