बाघदरबारको पुनः निर्माण गर्न समस्या छैन : प्रमुख शाक्य



काठमाडौँ : काठमाडौँ महानगरपालिकाले तत्कालीन बाघदरबार हालको (हरिभवन) को पुनः निर्माण गर्न कुनै समस्या नहुने बताएको छ । 

 

हरिभवन सय वर्ष नपुगेकाले भत्काउँदा समस्या नहुने कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । “यो बाघदरबार होइन, हरिभवन हो, सय वर्ष नपुगेकोले यो पुरातात्तित्क होइन , त्यही भएर यसलाई नभत्काउनु पर्ने कुनै कारण छैन”, कामपाका प्रमुख शाक्यले भने ।

 

महानगरले पुरातत्व संरक्षण ऐनमा सय वर्ष पुरानो भवन एवं सम्पदा जगेर्ना गर्नुपर्ने नियम रहेको जनाएको छ । 

 

पुरातत्व विभागले गत जेठ १५ गते महानगरलाई ‘दरबारको मौलिक स्वरुप परिवर्तन नगरी परम्परागत शैलीमा पुनः निर्माण गर्नू’ भनेकाले अब भत्काउन कुनै अप्ठेरो नपर्ने महानगरको दाबी छ ।

 

कामपाका जनप्रतिनिधिका लागि आयोजना गरेको दुईदिने सार्वजनिक सेवा प्रवाहमा क्षमता विकास र अभिवृद्धिसम्बन्धी शनिबार सम्पन्न दुईदिने अभिमुखीकरण तालीममा प्रमुख शाक्यले सो धारणा राखेका हुन् । 

प्रतिक्रिया दिनुहोस्