एपिक नेपाल म्युजिक अवार्ड वितरण शुक्रबार



काठमाडौं : ‘एपिक नेपाल म्युजिक अवार्ड २०७५’ कार्यक्रम शुक्रबार काठमाडौंको ठमेलमा रहेको छाया सेन्टरमा आयोजना हुने भएको छ । यस म्युजिकल अवार्डमा ६६ विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ ।

 

कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य र वरिष्ठ लोकगायक कुमार बस्नेतलाई नगद सहित लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने भएको छ ।

कार्यक्रममा ‘एपिक नेपाल कला पत्रकारिता पुरस्कार’बाट न्युज २४ का रवि लामिछाने, रेडियो काठमाडौं एफएमका चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी पुरस्कृत हुने भएका छन् । यस्तै कान्तिपुर साप्ताहिकका कृष्ण भट्टाराई, डिसहोम रमाइलो टिभीका विकास लामिछानेलाई पनि सम्मान गरिने भएको छ । 

यस अवार्डले नेवा अनलाइनका विजयरत्न तुलाधर, सुन्दरादेवी सन्देश साप्ताहिकका किरण अधिकारी, एबिसी टेलिभिजनका विनोद बिक, टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारी, म्युजिक खबरकी सविता पोखरेल, पावर न्युजका कमला जोशी, म्युजिक डायरीका तुलसी गिरी, प्रकाश साप्ताहिकका दीपक पाण्डे र मिर्मिरे एफएमका राजु बोहरालाई सम्मान गर्ने भएको छ ।  

 

प्रतिक्रिया दिनुहोस्