हटेन ढिके नुनको प्रयोग गर्ने बानी


रुकुमपूर्व : रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको छ । बजारमा पाइने खुला नुनको प्रयोगले मानिसको स्वास्थ्यलाई असर गर्छ । साल्ट ट्रेडिङ कर्पोरशनद्वारा वितरित आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भएपनि जिल्लाका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन ।

सिस्ने गाउँपालिका–१, २, ४, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका अधिकांश गाउँमा सो नुन प्रयोग गर्नेको सङ्ख्या अझै नघटेको बताइएको छ । पुथाउत्तरगङ्गा गाउँपालिकामा घोडाबाटै बोराका बोरा ढिके नुन ढुवानी हुने गरेको छ ।

सस्तो र सजिलो भएकाले आफूहरुले ढिके नुन प्रयोग गर्दै आएको भूमे गाउँपालिका–२ का सुजन घर्ती मगरले बताए । बजारमा आयोडिनयुक्त नुन पाइने गर्दछ । ढिके नुनभन्दा महङ्गो पर्ने र स्वादमा पनि फरक हुने भएकाले आयोडिनयुक्त नुनको प्रयोग नगरेको उनले जानकारी दिए । ढिके नुनको प्रतिकिलो २० रुपैँया र आयोडिनयुक्त नुन रु ३० पर्ने बताइएको छ ।

‘आयोडिनयुक्त नुनको प्रयोग गर्नुपर्छ’ भन्ने चेतनाको अभावले ढिके नुनको प्रयोग गर्न नछाडेका सिस्ने गाउँपालिका–५ का प्रकाश मगरले बताए । सरकारले ‘दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भनेपनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाडौंमा डलर खेतिको धन्दा चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको महिला

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट आज सोमबार थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना

वीरगञ्ज : पुल निर्माण कार्यमा विवाद भएपछि बारा र रौतहटका स्थानियबीच झडप भएको छ ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि

काठमाडौं : शैलुङ र होनीको कम्पनीले सरकारविरुद्ध उच्च अदालत पाटनमा तेस्रो मुद्दा दायर गरेको छ

विराटनगर : कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको

काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देश भर सामान्यतया बदली रही देशका केही स्थानहरुमा

काठमाडौं : चितवनमा बुद्ध र यती एयरलाइन्सरले आज दुई–दुई उडान गर्ने भएको छ । झण्डै

मोरङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मोदीका

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका–१५,