रणवीर सिंहको ‘गली ब्वाय’ 



एजेन्सी : २०१८ को सुपरहिट फिल्म ‘पद्मावत’ र ‘सिम्बा’ मा अभिनय गरिसकेका नायक रणवीर सिंह अब फिल्म ‘गली ब्वाय’ मार्फत दर्शकमाझ आउँदैछन् । ‘गली ब्वाय’ फिल्ममा नायक रणवीर सिंहले एउटा स्ट्रिर्ट र्यापरको भूमिका निर्वाह गरेका छन् । हाल रणवीर सिंह यसै फिल्मको प्रमोसनमा व्यस्त रहेका छन् । 

यस फिल्ममा र्याप र हिप–हप म्युजिक रहेको छ । यस फिल्मको निर्देशन जोया अख्तर, फरहान अख्तर र रितेश सिधवानीले गरेका छन् । यस फिल्ममा रणवीर सिंहले सडकमा र्याप गाउने एक २२ वर्षीय युवकको भूमिका निर्वाह गरेको छ । त्यो युवक जसले ठूलो सपना सजाएको हुन्छ । त्यही सपना पूरा गर्ने क्रममा उसको जीवनमा आउने उतारचढावलाई यस फिल्ममा देखाइएको छ ।

 

यस फिल्ममा नायक रणवीर सिंहका साथसाथै नायिका आलिया भट्ट र कल्की कोचलिनको मुख्य भूमिका रहेको छ । यो फिल्म फेब्रुअरी १४ मा रिलिज हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्