हराएको २ सय ३१ थान मोबाइल सम्बन्धी व्यक्ति हस्तान्तरण



ईटहरी : गत वैशाखदेखि हराएको तथा चोरी भएको २ सय ३१ थान मोबाइलहरु ईलाका प्रहरी कार्यालय ईटहरीले सम्बन्धीत व्यक्तिलाई जिम्मा लगाएको छ ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा हराएका तथा चोरी भएका मोवाईलहरु खोजतलासको लागि परेको निवेदनको आधारमा खोजतलासपछि फेला परेको २ सय ३१ थान मोवाइल सम्बन्धी व्यक्तिलाई जिम्मा लगाइसकेको को सूचना अधिकारी एवं प्रहरी निरीक्षक रमेश कुमार बस्नेतले जनकारी दिए ।

यस अघि १ सय ९५ थान हराएको मोबाइल सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइएको थियो भने आज (सोमबार) विभिन्न व्राण्डका ३६ थान मोवाइल सेटसम्बन्धी व्यक्तिलाई बुझाइएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

फेला परेको २ सय ३१ थान मोवाइलको बजार मूल्य ५५ लाख ८६ हजा ५ सय २० रुपैयाँ रहेको प्रहरी ले जनाएको छ ।

साथै प्रहरीले अनुसन्धानका क्रममा मोबाइल सेट चोरी गर्ने १० जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका १० जनालाई चोरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

साथै यस कार्यालयवाट बिभिन्न स्थानवाट बिभिन्न मितिमा प्रहरी टोलिले चेकजाँचको क्रममा अबैध घरेलु मदिरा २३५ लिटर फेला पारी वरामद गरी यस कार्यालयको नियन्त्रणमा राखीएकोमा आजकै मिति नष्ट गरियो ।

प्रतिक्रिया दिनुहोस्