ऐश्वर्याले धोका दिएपछि रोएका सलमानले दिए यस्तो जवाफ



एजेन्सी : अन्तिम सातामा पुगेको ‘बिग बोस–१३’ यो हप्ता निकै तामझामका साथ मनाउने योजनमा रहेका सलमान खानले प्रतिष्पर्धीहरुसँग हाँसो मजाक गरेका छन् ।

शोमा सलमान खानले शिल्पा शेठ्ठीसँग ऐश्वर्या र उनको फिल्म ‘हम दिल दे चुके सनम’ को भावनात्मक गीत ‘तडक तडप’ लाई रि–क्रियट गर्ने भएका छन् ।

उनी उक्त गीतमा सलमान खान रोएका छन् । उनी आजको एपिसोडमा कठघरामा उभिएर टेलिभिजनका चर्चित प्रस्तोता रजत शर्मासँग केही आफ्ना तथ्यहरु स्पष्ट पार्नेछन् ।

रजत सलमान खानमाथि दोष लगाउनेछन् । र सलमान खान उनको प्रश्नको जवाफ दिनेछन् ।

रजत शर्माले सलमान खानलाई सोधेका छन्, ‘तपाईंले आसिमसँग हिमान्शीको इन्गेजमेन्ट टुटेको र सिद्धार्थ शुल्कालाई चेतावनी दिनुभयो , के तपाईंको कसैको सम्बन्ध भएको देख्न सक्नुहुन्न ?’

उक्त प्रश्नको जवाफमा सलमान खानले मलाई कसैको सम्बन्ध बन्ने र नबन्नेसँग सम्बन्ध छैन । उनको जवाफमा रजतले आफू पनि बिबाह नगर्ने र अरुलाई पनि गर्न नदिने भनेर सलमानमाथि आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्